Homeसमाचारकडरियाद्वारा नारी सञ्चार प्रोत्साहन कोषलाई १० हजार बढी सहयोग

कडरियाद्वारा नारी सञ्चार प्रोत्साहन कोषलाई १० हजार बढी सहयोग

झापा २३ फागुन । ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि झापा विर्तामोडकी कविता कार्की कडरियाले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।


विर्तामोड–५ निवासी कडरियाले कोषका लागि नगद दश हजार एकसय पाँच रुपैयाँ मेची आँखा अस्पतालमा नारी सञ्चार गृहका उपाध्यक्ष तथा अक्षय कोष बृद्धि तथा परिचालन समितिका संयोजक भिमा शिवाकोटीसहित संस्थाका पदाधिकारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै आँखा अस्पतालको आउटरिच अफिसर रहनुभएकी कडरियाले फराकिलो सोच राखेर महिला सञ्चारकर्मीले स्थापना गरेको संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
सो अवसरमा आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले सञ्चार गृहले दीर्घकालिन सोच राखेर कोष स्थापना गरेकोमा धन्यवाद दिंदै आफ्नो साथ सहयोग रहने बताउनु भयो ।
संस्थाको लक्ष्य प्राप्तिका लागि कडरियाले गरेको सहयोगप्रति सञ्चार गृहका उपाध्यक्ष शिवाकोटीले धन्यवाद सहित आभार व्यक्त गर्दै संस्थाले बहुउद्देश्यीय लक्ष्य राखेर २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको कोषमा १० लाख बढी रकम संकलन भइसकेको जानकारी दिनुभयो । सो अवसरमा नारी सञ्चार गृहका सचिव रेजिना गौतम, सहसचिव स्वस्तिका आचार्य, कोषाध्यक्ष शुशिला संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकडरियाद्वारा नारी सञ्चार प्रोत्साहन कोषलाई १० हजार बढी सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img