Homeकमलहुकुमसिंहद्वारा जन्मदिनमा आगलागी पीडितलाई सहयोग

हुकुमसिंहद्वारा जन्मदिनमा आगलागी पीडितलाई सहयोग

दमक २२ फागुन । कांग्रेस झापाका जिल्ला सदस्य एवम् सामाजिक व्यक्तित्व कमल गाउँपालिका– ५ का हुकुमसिंह राईले आगलागी पीडितलाई नगद सहयोग गरेर जन्मदिन मनाउनु भएको छ ।
पहिलो पटक औपचारिक रुपमा मनाएका राईले सोही गाउँपालिकाको लखनपुरस्थित मंगलबारे बजारमा बुधबार साँझ भएको आगलागीका पीडित परिवारलाई राहत प्रदान गर्नुभएको हो । राईले आगलागी पीडित चार परिवारलाई प्रति परिवार नगद १०÷१० हजारका दरले राहत हस्तान्तरण गर्नुभयो ।
यस अघि स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्ष पदमा बराबरी मत पाएर चिठ्ठाबाट बाहिरिनु भएका युवा नेता राईले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कार भित्र नपर्ने उल्लेख गर्दै विशेष दिनमा पीडित परिवारलाई सो सहयोग गर्नु उचित हुने आफ्नो ठहर रहेको बताउनु भयो । उहाँले पीडित परिवारलाई सहयोग गर्न सबैसंग अपिल पनि गर्नुभयो ।
राहत रकम हस्तान्तरण गर्दै उहाँले पीडित परिवारको तत्काल पुर्नस्थापनाका लागि सरकारले जिम्मा लिनुपर्ने पनि औंल्याउनु भयो । सो अवसरमा स्थानीय युवाहरुले यस किसिमको सहयोगले पीडित परिवारको पीडामा मल्हम पट्टी हुने भन्दै राईको उक्त कार्यको प्रशंसा गरेका थिए ।
स्थानीय अगुवा युवा दिवाकर राईका अनुसार सो ठाउँमा हिजो साँझ भएको आगलागीका कारण स्थानीय कृष्णमाया लिम्बु, रुक्मनी ताजपुरीया, पार्वता राजवंशी र चुड्की मर्डीको परिवारले लाखौं मूल्य बराबरको क्षति ब्यहोर्नु परेको छ । लिम्बुको घरमा ताजपुरीया, राजवंशी र मर्डी परिवारले व्यवसाय सञ्चालन गर्दै आएका थिए । आगलागीपछि पीडित परिवारलाई हातमुख जोर्नै समस्या रहेको स्थानीयले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
कमलहुकुमसिंहद्वारा जन्मदिनमा आगलागी पीडितलाई सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img