Homeमहिलामहिलालाई सेनेटरी प्याड र डाइपर बनाउने तालिम

महिलालाई सेनेटरी प्याड र डाइपर बनाउने तालिम

झापा १४ माघ । महिलाहरुलाई सीप सिकाएर व्यवसायिक बनाउने उद्देश्यले विर्तामोड नगरपालिका वडा नं.–१० मा आजदेखि सेनेटरी प्याड र बच्चाका लागि प्रयोग गरिने डाइपर बनाउने १५ दिने तालिम शुरु भएको छ ।
विर्तामोड–१० मा गठित महिला सञ्जाल उपभोक्ता समितिको आयोजना र विर्तामोड नगरपालिका वडा नंं –१० को आर्थिक सहयोगमा सञ्चालन हुने तालिमको मंगलबार आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।


महिला सञ्जालकी अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नंं–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा आयोजित तालिमको अतिथिहरुबाट व्यानर वाचन तथा तालिमममा प्रयोग गरिने मेसिन चलाएर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दुर्योधन गुरुङले सीप सिकीसकेपछि त्यसलाई व्यवसायिक रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि गुरुङसहित विर्तामोड नगरपालिका कार्यपालिका सदस्य गीता घिमिरे, वडा सदस्य दिपीका शिवा, मनु गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सिर्जना तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सावित्रा राजवंशीले गर्नुभएको थियो ।
स्थानीय ३० जना महिलाको सहभागिता रहने तालिममा समुन्नत नेपालका चुना खड्का र शिला श्रेष्ठले सहजीकरण गर्ने बताइएको छ । १५ दिनसम्म सेनेटरी प्याड र डाइफर बनाउने सीप सिकेसंगै सेनेटरी प्याड निर्माण र सुरक्षित प्रयोगबारे स्थानीय विभिन्न विद्यालयमा मावितहमा अध्ययनरत छात्राहरुलाई पालैपालो २ दिने सिकाउने अध्यक्ष पाण्डेले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामहिलालाई सेनेटरी प्याड र डाइपर बनाउने तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img