Homeसमाचारझापाका १४ वडामा पूर्ण सरसफाई अभियान

झापाका १४ वडामा पूर्ण सरसफाई अभियान

झापा १५ माघ । झापाका ३ स्थानीय तहका १४ वडामा नमूना पूर्ण सरसफाई अभियान अन्तरगत नमूनाका अभियान सञ्चालन प्रारम्भ भएको छ ।
सन् २०३० सम्ममा सिङ्गो देशलाई नै पूर्ण सरसफाई उन्मुख बनाउने सरकारी लक्ष्य अनुसार झापाका पनि तीन स्थानीय तह अन्तरगत १४ वटा वडाका १५ वटा वस्तीमा नमूनाका रुपमा पूर्ण सरसफाई अभियानको शुरु गरिएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाई अभियान संयोजक सोम आचार्यले जानकारी दिए ।
नमूनाका रुपमा विर्तामोड नगरपालिकाका ६ वटा वडा, गौरीगञ्ज र कमल गाउँपालिकाका ४÷४ वडासहित १४ वडाका १५ वटा टोलमा नमूना कार्यक्रम सञ्चालन हुँदै आएको आचार्यले बताए । नमूनाका रुपमा कार्यक्रम सञ्चालन गरिएका प्रत्येक वस्तीमा कम्तिमा सरदर ४५ देखि अधिकतम ६५ घरधुरी समेटिएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा वस्तीलाई पूर्ण सरसफाई उन्मुख बनाउने प्रतिवद्धतासहित विर्तामोड–३ को आफन्त टोल, वडा नंं–६ को बेलगाछी, ७ को रेखा टोल, वडा नं.–८ को हर्चना, वडा नंं–९ को कोलाटोली÷सतालसिंवारी र वडा नंं–१० को मधु पोखरी टोलमा नमूनाका रुपमा कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
१४ वडाका १५ टोल मध्ये कमल गाउँपालिकाको ढ्याङ्ग्रीको एक टोलमा भने १०५ घर रहेको आचार्यले जानकारी दिए । यी टोलहरुले असार मसान्तसम्ममा पुरै वस्तीलाई पूर्ण सरसफाई उन्मुख बनाउने प्रतिवद्धता जनाएसंगै त्यससंग सम्बन्धित रहेर कार्यक्रम सञ्चालन भइरहेका छन् । अभियान प्रारम्भ भएका वडामा वडालाई पूर्ण सरसफाईका लागि लाग्ने समय र सञ्चालन गर्नुपर्ने आवश्यक कार्ययोजना निर्माण गर्न पनि पूर्ण सरसफाई कार्यक्रमको अगुवाई गर्ने संस्था र स्थानीय तहले कार्ययोजना तयार गरिरहेका छन् ।
प्रदेश–१ का ३ जिल्लामा पाइलट फेज (पहिलो चरण)–का रुपमा कार्यक्रम सुरु भएको अभियानका प्रदेश संयोजक विनोद शर्माले बताए । उनका अनुसार झापासहित मोरङ र सुनसरीमा पनि उक्त अभियानलाई पाइलट फेजकै रुपमा सुरु गरिएको छ । झापाका १५ समुदाय र १५ वटा विद्यालय समेटिएको छ भने विभिन्न स्थानीय तहका १६ वडामा २० समुदाय र २० विद्यालयमा अभियानका रुपमा उक्त कार्यक्रम सुरु गरिएको छ । त्यस्तै सुनसरीका १४ वडा १५ विद्यालय र १५ वटै समुदायमा अभियानका रुपमा कार्य प्रारम्भ गरिएको हो ।
सरकारले पूर्ण सरसफाई कार्यक्रमको गुरुयोजना सार्वजनिक नगर्दै सुरु भएको अभियानले यस अघि बर्दिया, बाजुरा, अर्घाखाँची र भक्तपुरमा सफलता पाएसंगै त्यसैलाई आधार बनाएर अन्य ठाउँमा अभियान सुरु गरिएको यूएन ह््यावीटाटका प्रदेश संयोजक विनोद शर्माले बताए । झापामा यही ३ वर्षभित्रमा सबै वडामा पुर्याउने योजना भएको उनको भनाई छ । सरकारले स्थानीय तहमा संयुक्त रुपमा बजेटमा पूर्ण सरसफाई अन्तरगतको समेत बजेट पठाइसकेको बताउँदै उनले भने–‘स्थानीय तहले भौतिक विकासलाई मात्र विकास ठान्छ त्यसैले त्यही शिर्षकमा बजेट नछुट्टिएको अवस्था पनि छ, तर सरसफाई, खानेपानी, महिला लगायतका क्षेत्रमा छुट्टिएकोे बजेटलाई पनि सरसफाईका क्षेत्रमा लगाउन सकिन्छ ।’ पूर्ण सरसफाईका लागि तोकिएका सूचकहरुलाई व्यवहारिक प्रयोगमा ल्याउनु पर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका १४ वडामा पूर्ण सरसफाई अभियान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img