Homeसमाचारहिउँमाझी, सुवेदी र पालुङ्वालाई पुरस्कार

हिउँमाझी, सुवेदी र पालुङ्वालाई पुरस्कार

झापा १४ माघ । विगत १६ वर्ष अघिदेखि साहित्य र पत्रकारिता क्षेत्रको उन्नयनका लागि क्रियाशील जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले २०७५ को वर्षोत्कृष्ट कृतिसहित प्रतिभा छनौट गरेको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा विहिवार विर्तामोडमा बसेको कोषको कार्यसमितिको बैठकले पुरस्कारका लागि छनौट समितिले सिफारिस गरेको कृति, व्यक्ति तथा पत्रकार प्रतिभालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।


कोषले २०७५ को वर्षोत्कृष्ट कृतिका रुपमा वियस राईद्वारा लिखित कथा संग्रह हिउँमाझी लाई उत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गर्ने भएको छ भने विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मान मोरङका दधिराज सुवेदीलाई सम्मान प्रदान गर्ने भएको हो ।
त्यस्तै धनमाया सक्रिय महिला वर्षोत्कृष्ट महिला पत्रकारका रुपमा ताप्लेजुङकी माला पालुङ्वालाई छनौट गरेको छ । पालुङ्वा रेडियो नेपालका साथै स्थानीय पाथीभरा साप्ताहिकका सम्पादक सम्हाल्दै आएकी छन् ।
कृति र दीर्घ साहित्य सम्मान छनौटका लागि कृष्ण धरावासीको संयोजकत्वको समितिले प्रतिभा छनौट गरेको हो भने पत्रकारिता प्रतिभा छनौटका लागि लोकराज ढकालको संयोजकत्वमा गठित समितिले पुरस्कारका लागि प्रतिभा सिफारिस गरी कार्यसमितिमा पेश गरेको थियो ।
संस्थाले यही माघ २५ गते शनिवारका दिन कोषको विर्तामोडस्थित आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने निर्णय गरेको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिनुभयो ।
२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्यसेवा कोषले हरेक वर्ष एक कृति, एकजना दीर्ध साहित्यसेवी र एक महिला पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ । तीनवटै विधाको पुरस्कारको राशी नगद २१ हजार रहेको बताइएको छ ।
साहित्य र पत्रकारिताको उन्नयनमा कोष स्थापना गरी साहित्यिक गतिविधि गर्दै आएको संस्थाले प्रत्येक वर्ष बैशाखमा छन्द कविता गोष्ठी सञ्चालन गर्दै आएको छ भने साहित्यिक पुस्तक बार्षिक रुपमा केचना प्रकाशन गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहिउँमाझी, सुवेदी र पालुङ्वालाई पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img