Homeसमाचारसाइबर अपराध र कानून तथा समय व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

साइबर अपराध र कानून तथा समय व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

बिर्तामोड ४ जेठ । वडामा सञ्चालित कक्षा ८ देखि माथिका विद्यालयतहका बालबालिकालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नंं ६ मा सञ्चालित एकदिने प्रविधि, सामाजिक सञ्जालको प्रयोग साइबर अपराध र कानून विषयक सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोग र जनआन्दोलन साप्ताहिकको आयोजनामा सञ्चालित सचेतनामूलक कार्यक्रममा विद्यालयस्तरका बालक्लब, वडास्तरिय बालक्लब र विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा साइबर अपराध के हो ? साइबर अपराध हुनुका कारण, साइबर अपराधका प्रकार, नेपालमा देखिएका साइबर अपराधका प्रबृत्तिहरु र त्यस्ता अपराधमा फस्ने कारणहरुका विषयमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक प्रदिप आलेमगर सहजीकरण गरेका थिए । त्यस्तै सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा किशोरावस्था र युवावस्थामा आर्थिक प्रभाव, प्रेमजाल लगायतका कारणबाट उत्पन्न समस्याबारे जानकारी गराइएको कार्यक्रममा प्रविधिबाट हुन सक्ने अन्य डिजिटल वालेटको प्रयोग, साइबर बुलिङ, फेक आइडीबाट हुने प्रविधिय आक्रमण, सट्टेबाजी खेलका प्रकार र कानूनी व्यवस्थाबारे सहजकर्ता आलेमगरले सचेत गराएका थिए ।
त्यसैगरी सहजकर्ता भिमा शिवाकोटीले सामुहिक एकता, बालबालिकाको भावना, समयको सही प्रयोग व्यवस्थापन र त्यसले जीवनमा पार्ने प्रभावबारे सहजीकरण गरेकी थिइन् ।
यसअघि कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. ६ की वडासदस्य गीता शर्मा रेग्मीले उद्घाट न गरेको कार्यक्रममा प्रमुख अतिथि रेग्मी, विशेष अतिथि वडासदस्य जीवन बास्कोटा, एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका प्रिन्सिपल अनुप शर्मा लगायत शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय, एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी, सरस्वती एन्जल र हरिहर आश्रमका बालबालिकाहरुको सहभागिता रहेको कार्यक्रमको समापन सत्रमा शिक्षक प्रतिनिधिहरु सरस्वती माविका शिक्षक प्रतिनिधि विष्णुप्रसाद पोखरेल, एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीकी तृष्णा अधिकारी, सहभागीका तर्फबाट सन्ध्या ढुङ्गेल, युनिसा उप्रेती र नुमा लम्जेलले कार्यक्रम समय सापेक्ष भएको प्रतिक्रिया राख्दै प्रविधिको सही प्रयोगबारे विद्यार्थीलाई मात्र नभइ समग्र समाजलाई आवश्यक रहेको बताएका थिए । प्रविधि र कानून दुवै जटिल भएकाले छोटो समयमा सिक्न कठिन भएको उनीहरुको भनाई थियो ।
एभरेष्ट बाल क्लबका अध्यक्ष रिदम खड्काको अध्यक्षता तथा सचिव आरुसी शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाइबर अपराध र कानून तथा समय व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img