बिर्तामोड ३० फागुन । बिराट बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड तीन सैनिकमोड झापाको शिक्षा उपसमितीको आयोजना र एन्जल फाउण्डेशन उर्लाबारी मोरङको सहजीकरणमा एक दिने स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
आकस्मिक रूपमा गाउघरमा आईपर्ने स्वास्थ्य समस्याहरू स्वास्थ्यकर्मीहरूले मात्र सम्भव नहुने महशुस गरी स्थानिय स्तरमा नै प्राथमिक उपचार गर्न सकियोस भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। एन्जल फाउण्डेशनका सीईओ जिवनराज राजवंशी र एन्जल फाउण्डेशनका प्रशिक्षक अजित झाले सहजिकरण गर्नुभएको कार्यक्रमको एन्जल फाउण्डेशनका कार्यक्रम संयोजक परशुराम न्यौपाने कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो।
बिराट बहुउद्देश्यीय सहकरी संस्थाको तालिम उप समितीका संयोजक अर्जुन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहकारी संस्थाका अध्यक्ष होमप्रसाद सिटौलाले पानसमा दिप प्रज्वलन गरी उद्घघाटन गर्नु भएको थियो।
रूद्र सिटौलाले संचालन गरेको कार्यक्रममा उमानाथ ओली, शिव खरेल, नारायण शिवाकोटी, होमनाथ उप्रेती लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको भने स्वागत भीमा सिवाकोटीले गर्नु भएको थियो। कार्यक्रममा १५० जना बढीको सहभागि रहेको कार्यक्रममा दुर्घटना हुँदा, करेन्ट लाग्दा, हटएटेक हुदा ,सर्पले टोकेको अवस्थामा प्राथमिक उपचार कसरी गर्ने र पायल्स उपचार सम्बन्धि सचेतना गराउनु भएको थियो ।
बिराट बहुउद्देश्यीय सहकारीको उर्लाबारीमा प्राथमिक उपचार सम्बन्धि सचेतना सम्पन्न



















