भद्रपुर २५ माघ । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप अन्तर्गत आज समूह बीको दुई खेल भएका छन् । पहिलो खेलमा भारतको लखनउ विजयी भएको छ भने दोस्रो खेलमा नेपालको डडेल्धुरा विजयी भएको छ ।
पहिलो खेलमा ग्लोबल स्टार लखनउले गण्डकी हिरोज पोखरालाई ५५ रनले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन खडा गरेको थियो । जवाफमा पोखरा १६.५ ओभरमा अलआउट हुदै ८८ रनमा समेटियो । ब्याटिङमा लखनउका तर्फबाट अनुभव सिंहले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ६६ रन बनाए । बलिङमा पाखराका तर्फबाट सिब्रिन श्रेष्ठले ४ ओभरमा ११ रन खर्चिउरु २ विकेट लिए ।
यसैगरी पोखराका तर्फबाट ब्याटिङमा दिपकप्रसाद डुम्रेले सर्वाधिक २४ रन बनाए भने पोखरालाई सस्तैमा समेट्न लखनउका तर्फबाट शिवम् अजयले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । उनी म्यान अफ म्याच भए ।
दोस्रो खेलमा भारतको स्नोलायन सिक्किमलाई ६ विकेटले पराजित गर्दै नेपालको पफ्रेण्डस् युथ क्लव डडेल्धुराले आफ्नो समूमा विजयी सुरुआत गरेको छ ।
पहिलो ब्याटिङ गरेको सिक्किमले १९.२ ओभर खेल्दै केवल ७१ रन बनायो । डडेल्धुराले सो न्यून लक्ष्य १२.घ ओभरमा ४ विकेटको क्षतिमा प”रा गर्यो ।
ब्याटिङमा सिक्किमका तर्फबाट रुसभ राथोड र सौरभ कुमारले समान १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । सिक्किमलाई सस्तैमा समेट्न डडेल्धुराका तर्फबाट अधिषेक गौतमले ३.२ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए ।
कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीप: लखनउ र डडेल्धुरा विजयी



















