HomeFeatured 2जेष्ठ नागरिक कल्याण चन्द्रगढीको भवन उद्घाटन

जेष्ठ नागरिक कल्याण चन्द्रगढीको भवन उद्घाटन

भद्रपुर २४ माघ । झापाको चन्द्रगढीमा जेष्ठ नागरिक कल्याण समितिको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । जेष्ठ नागरिक संघ झापा अध्यक्ष ईश्वरीप्रसाद तिमसिनाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ।
प्रदेश तथा संघीय सरकार लगायतका विभिन्न दाताहरूको सहयोगमा ३७ लाख ६ हजार ७ सय ७३ रुपैयाँको लागतमा भवन निर्माण भएको समितिका कार्यवाहक अध्यक्ष हरिकिशोर आचार्यले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शालिकराम नेपाल र स्वागत तथा कोषाध्यक्षको प्रतिवेदन मुक्तिनाथ दाहाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तिमल्सिना ,भद्रपुर नगर प्रमुख गणेश पोखरेल , वडा नं. १० का अध्यक्ष टेकबहादुर खड्का , लेखनाथ पुस्तकालय अध्यक्ष नवराज घिमिरे लगायले मन्तव्य राखेका थिए ।
भद्रपुर १० वि पी चौक पश्चिम त्रिवेणी टोलमा भवन निर्माणका लागि स्थानीय गोविन्द विनोद तथा राधा चापागाईं र देवीप्रसाद बस्नेतले ३ कठ्ठा जमिन दान गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जेष्ठ नागरिक कल्याण चन्द्रगढीको भवन उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img