अर्जुनधारा माघ । कालिका शिशु सदन इङ्लिस स्कूल कालीस्थानको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
पञ्चकन्याद्वारा विद्यालय परिषरमा रहेको सरस्वतीको प्रतिमामा द्विप प्रज्ज्वलन गरी सम्दघाटन गरिएको कार्यक्रममा मौलिक संस्कृति झल्किने नृत्य तथा आधुनिक गीत प्रस्तुत गरिएको थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल मोहन सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले विद्यालयको स्थापनाकालदेखि हालसम्मका विषयवस्तु प्रस्तुत गर्दै स्वागत गर्नुभएको थियो ।
स्थानीय शिक्षा सेवी, बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी एवं अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
परम्परागत नृत्यहरु साकेला, कौडा, मुण्डा लगायत आधुनिक गीत र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा २०८१ को परीक्षामा विद्यालयमा प्रथम हुने अनुरागी गुरुङ, दोस्रो र तेस्रो भएका क्रमशः प्रदेशिका खतिवडा र प्रिन्जल तामाङ, विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीहरु अनमोल काफ्ले, रोहन भट्टराई, सजिता तामाङ, आर्या गिरी, आदित्य आचार्य, अनिश लिम्बू, कृति भण्डारी, मेलिना सुब्बा, निशुभ लिम्बूलाई सम्मान गरिएको थियो ।
यसैगरी स्कूल क्याप्टेन सुजय तामाङ, सुजैना तामाङ, स्कुलमा ……. ट्रेड हाउस, ब्लु हाउस, ग्रिन हाउस र एक्लो हाउसका क्याप्टेन तथा सह–क्याप्टेन र अनुशासित विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका संस्थापक विष्णुमाया सुब्बाले जानकारी दिनुभयो ।
विद्यालयका शिषक यामनाथ रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा सुजैना तामाङ, इरुसा खत्री, प्रतिमा भट्टराई, मुदिनहाङ लिम्बू, कृति भण्डारी,, मनिस बास्कोटा, खुशी कार्की, सुहानी पौडेल, लक्ष्मी मिश्र, बबिन आचार्य, लगायतले सह–सञ्चालन गरेको विद्यालयका सह–प्रधानाध्यापक एमवि गुरुङले जानकारी दिनुभयो ।
कालिका शिशु सदनको २९ औं बार्षिककोत्सव



















