बिर्तामोड १७ माघ । नेवाः पासा मुना पुचः बिर्तामोडको चारपाने एरिया समिति गठन भएको छ ।
पासा मुना पुच:का सदस्य देवनारायण श्रेष्ठको संयोजकत्वमा ७ सदस्य चारपाने एरिया समिति गठन भएको हो ।
नव गठित समितिको सहसंयोजक दुर्गा श्रेष्ठ, सचिव रश्मी जोशी, सदस्यहरू कृष्ण बहादुर श्रेष्ठ, आरती जोशी, रविन शाक्य र दुर्गा हलुवाई चयन हुनुभएको छ भने सल्लाहकार भोजकुमार मास्के, श्याम कुमार प्रधान र उमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
नेवा: पासा मुना पुच: अध्यक्ष दिनेश श्रेष्ठका अनुसार बिर्तामोडमा संस्थाको ४ वटा एरिया समिति छ । भद्रपुररोड एरिया समिति, बसपार्क एरिया समिति, शनिश्चरे एरिया समिति र चारपाने एरिया समिति। यी समितिहरूले मातृ संस्था पासा मुना पुच: लाई त्यस एरियामा भएका नेवार सदस्यहरूको यकिन संख्या लेखाजोखा गराउने ,मरिमराउ बारे जानकारी दिने ,संस्थाले आयोजना गर्ने विभिन्न खाले कार्यक्रमहरुमा त्यस एरिया बाट सहभागीता गराउने ,लाखे नाच नचाउने कार्यमा समन्वयकारी भूमिका खेल्ने आदि कामहरु गर्दछन्।
श्रेष्ठका अनुसार पाँच बर्ष पछि चारपाने एरिया समिति पुनर्गठन भएको हो। यस अघि यस समितिको संयोजक भोजकुमार मास्के रहनुभएको थियो।
पासा मुना पुच: अध्यक्ष श्रेष्ठ, निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ, उपाध्यक्ष राजिव श्रेष्ठ,भद्रपुर एरिया समिति संयोजक जितेन्द्र श्रेष्ठ लगायत स्थानीय पासा मुना पुच सदस्यहरूको उपस्थितिमा चारपाने एरिया समिति गठन गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
नेवा :पासा मुना पुच:को चारपाने एरिया समिति गठन

































































































