Homeसमाचारसमाचारस्वयंसेवक दिवस बिरुवामा रगरोगन

स्वयंसेवक दिवस बिरुवामा रगरोगन

बिर्तामोड १९ मंसीर । अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजार सडक आसपास रहेका बोट बिरुवामा रंगरोगन गरिएको छ ।
सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६, र बिर्तामोड नगरपालिका ३ नं. वडाको सहयोगमा बोट विरुवाका हाँगा काटेरर सरसफाई गरी ती बोटविरुवामा रंगरोगन गरिएको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । बिर्ताबजार सडक किनारामा लगभग २ बर्षअघि बोटविरुवा लगाइएको थियो । सहारा नेपालको आयोजनामा भएको राम्रो कार्यमा सवैलाई सहभागीता जनाउन बुढाथोकीले आग्रह पनि गरे ।
सहारा नेपालले बोटविरुवामा लगाउने रंगरोगन उपलब्ध गराएको थियो भने सहारा नेपालका कर्मचारीहरुले पनि रंगरोगनमा खटिएका थिए । सो अवसरमा सहारा नेपालका सदस्य ध्यानबहादुर भारती, सहारा नेपालका वरिष्ठ कार्यक्रम संयोजक पवन राईसहित सहारा नेपालका कर्मचारी, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल, नगर प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष विरन कोइराला, बिर्तामोड नगरका इन्जिनियर प्रभास थापा, अनारमनी युथ क्लवका अध्यक्ष राज मुखिया, स्काउटर गीता भट्टराई, बिर्तामोड नगर प्रहरी, बिद्यार्थी स्थानीयलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण सहारा नेपालकी कार्यक्रम अधिकृत कुसुम उप्रेतीले गरेकी थिइन् ।
स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन शुरु भएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको थियोे । राष्टसंघका १६९ सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसंघका स्वयंसेवकहरू क्रियाशील छन् ।
यसैगरी आज विश्व माटो दिवस पनि परेको र यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारस्वयंसेवक दिवस बिरुवामा रगरोगन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img