HomeFeatured 2स्ववियु निर्वाचनमा नेविसंघ इकाई समितिले सिफारिस गरेको उम्मेद्वार आधिकारिक

स्ववियु निर्वाचनमा नेविसंघ इकाई समितिले सिफारिस गरेको उम्मेद्वार आधिकारिक

बिर्तामोड ४ दमक । नेपाली कांग्रेस झापाले भोली हुने स्ववियु निर्वाचनमा नेविसंघको क्याम्पस ईकाईले गरेको निर्णय नै आधिकारीक हुने स्पष्ट पारेको छ । नेपाली कांग्रेस झापाले स्ववियु निर्वाचनका लागी उम्मेद्वार चयन गर्न गठन गरेको समन्वय एवं सहजिकरण समितिका संयोजक तथा पार्टीका जिल्ला उपसभापति केशबराज पाण्डेले आज एक अपिल जारी गर्दै नेविसंघको आधिकारीक उम्मेद्वारको बिबाद भएमा नेविसंघको ईकाई समितिले गरेको निर्णय नै आधिकारीक हुने स्पष्ट पार्नु भएको हो ।
नेपाली कांग्रेस झापाले जिल्लामा रहेका क्याम्पसहरुको स्ववियु निर्वाचन समन्वय एवं सहजिकरण गर्न जिल्ला स्तरिया समन्वय समिति गठन गरेको थियो । गत फागुन १६ गते पार्टिका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभापति उद्धव थापा, जिल्ला सभापति देउकुमार थेवे, पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ नगर सभापतिको संयुक्त वैठकले स्ववियु निर्वाचनका लागि सवै क्याम्पसहरुमा समन्वय एवं सहजीकरण गर्न समिति गठन गरेको थियो ।
समन्वय एवं सहजीकरण गर्न समितिदले सम्बन्धित क्याम्पसको नेविसंघ ईकाई समितिसंगको समन्वयमा उम्मेद्वार तय गर्ने निर्णय उक्त वैठकले गरेको थियो । सोही निर्णय वमोजिम झापाका अधिकांश क्याम्पसहरुमा स्ववियु निर्वाचका लागि उम्मेद्वारी दर्ता गरिसकिएको छ । दमक बहुमुखी क्याम्पसमा भने केही समस्या देखिए पनि नविसंघ क्याम्पस इकाइ समितिको सिफारिसमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारलाई जिताउन संयोजक पाण्डेले सवै बिद्यार्थि एवं पार्टी पंक्तिमा अनुरोध गर्नु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्ववियु निर्वाचनमा नेविसंघ इकाई समितिले सिफारिस गरेको उम्मेद्वार आधिकारिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img