Homeसमाचारकाेशीकाे पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रकाे साझेदारी आवश्यक : मुख्यमन्त्री कार्की

काेशीकाे पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रकाे साझेदारी आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेश रहेको मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन्। नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशको सम्भावना उच्च रहेको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले भने , `विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ । पाथिभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको छ ।´

पर्यटन प्रर्वद्धन गरी हाम्रो राष्ट्रिय पूँजी विकास गरेर “संवृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षालाई पुरा गर्न सकिने उनले बताए । मुख्यमन्त्री कार्कीले पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेश सरकारले स्थापनाकाल देखि नै काम गरिरहेको बताउँदै भने, `यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचार प्रसार गर्ने काम पनि सुरु गरेको छ ।´
उनले संघीय सरकार र स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्यमा प्रदेशको पर्यटनलाई अगाडि बढाउन चाहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन नीजि क्षेत्रको साझेदारी र हातेमालो बिना सम्भव नरहेको बताए । कोशी प्रदेशको संवृद्धिका लागि पर्यटन विकासमा अगाडि बढ्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।

“पर्यटन न्याय र शान्ति” भन्ने मुल नाराका साथ आज विश्व पर्यटन दिवस मनाइँदै छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकाेशीकाे पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रकाे साझेदारी आवश्यक : मुख्यमन्त्री कार्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img