HomeFeatured 2बिर्तामोड चिल्ड्रेन हस्पिटलको ९९ प्रतिशत उपचार सफल

बिर्तामोड चिल्ड्रेन हस्पिटलको ९९ प्रतिशत उपचार सफल

बिर्तामोड १० असोज । पहिलो बाल अस्पतालको रुपमा झापाको बिर्तामोडमा स्थापना भएको चिल्ड्रेन हस्पिटलले एक बर्षको अवधिमा २१७७ जनाको सफल उपचार गरेको छ । तेस्रो स्थापना दिवसको अवसरमा बिहीबार हस्पिटलले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो ।
२०७९ असोज १० गतेदेखि बिर्तामोड–१ मा सेवा प्रारम्भ गरेको अस्पतालले गत एक बर्षको अवधिमा २१७८ जना बिरामीलाई भर्ना गरी उपचार गराएका मध्ये १ जना बिरामीको मात्र मृत्यु भएको जनाएको छ । सफल उपचार भएको बिरामीको संख्या ९९.९ प्रतिशत रहेको हस्पिटलका प्रबन्ध निर्देशक डा. रुपक आचार्यले जानकारी दिए ।
गत वर्ष अस्पतालले २७५९ जनालाई ओपिडी र १०७४ जनालाई इमर्जेन्सी सेवा दिएको डा. आचार्यले बताए । भर्ना भएका मध्ये ३ प्रतिशत बिरामीलाई मात्र आइसीयुमा राख्नु परेकोपनि उनले जानकारी दिए ।
हस्पिटलले अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको सेवा २४ सै घण्टा उपलब्ध गराइरहेको उनले बताए । हस्पिटलमा अधिकांश एक बर्ष मुनिका नवजात शिशु आउने भएकाले उपचार प्रक्रियामा अत्यन्तै संवेदनशिल हुनु परेको अस्पतालले जनाएको छ । हस्पिटलले बालबालिकामा देखा पर्ने मेनेन्जाईटिस, मुटुको रोग, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजमसमेत पहिचान गरिरहेको डा. आचार्यले बताए ।
एक वर्षको अवधिमा अस्पतालले सेवाग्राहीलाई २४ लाख २४ हजार ३९० रुपैयाँ छुट सुविधा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले जानकारी दिईन् ।
बाल बच्चाका लागि लक्षित गरी हस्पिटलको अभावमा धेरै अभिभावकले उपचारका लागि टाढा जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर विभिन्न चुनौतिका बाबजुद पनि हस्पिटल स्थापना गरेको हस्पिटलकी अध्यक्ष लीला मैनालीले बताइन् । परिस्थितिलाई मध्यनजर गरी आफ्नै ठाउँमा अस्पताल खोलेर सेवा दिनुका साथै रोजगारीसमेत सिर्जना गरौँ भन्ने पवित्र उद्धेश्यले बाल अस्पताल सञ्चालन गरिएको अध्यक्ष मैनालीको भनाई थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड चिल्ड्रेन हस्पिटलको ९९ प्रतिशत उपचार सफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img