बिर्तामोड ६ असोज । सकारात्मक सोचको जागरण उद्देश्यले बिर्तामोडमा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
युवा शक्तिको आधारको नामक संस्थाको आयोजनामा बिर्तामोडस्थित कञ्चनजंघा बोर्डिङ स्कूलमा सम्पन्न विद्यार्थी लक्षित कार्यक्रममा मावि तहका किशोर किशोरीको सहभागिता रहेको बताइएको छ ।

संस्थाकी अध्यक्ष दिपा सापकोटा पोखरेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहजीकरण मनोचिकित्सक बबिता शर्माले मानसिक समस्या अर्थात तनाबको आवश्यकता त्यसले पुर्याउने असर र सही व्यवस्थापन गर्न नसक्दा हुने मानसिक समस्याबारे सहजीकरण गरेकी थिइन ।
संस्थाकी अध्यक्ष पोखरेलले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, अतिथि तथा कञ्चनजंघा स्कूलका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपाने, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अस्मिता कार्कीले सञ्चालन गरेको कार्यक्रममा विद्यालय तहका ७४ जना विद्यार्थीको सहभागिता रहेको बताइएको छ ।

































































































