Homeविचारपशुधन, धातुका सिक्कादेखि डिजिटल मुद्रासम्म

पशुधन, धातुका सिक्कादेखि डिजिटल मुद्रासम्म

इतिहासले मानव सभ्यताको विकास जंगली र ढुंगे युगबाट शुरु भएर बिकसित हुदै आधुनिक युग सम्म आई पुगेको बताउँछ। बिभिन्न काल खण्डमा बिभिन्न अप्ठयारा तथा सजिला पार गर्दै आजको आधुनिक युग सम्म आई पुग्न मानिस सफल भएको हो । यहा सम्म आई पुग्दा धेरै परिवर्तनहरू भएका छन् । विकासले ठुलो फड्को मारेको छ । यस युगका मानिसले चन्द्रमामा पाइला टेकी सकेको छ ।
विकास र प्रविधिले जीवन सहज र सरल बनाएको छ । युग डिजिटल भएको छ । बिगत फर्केर हेर्दा कुनै बेला एक समय यस्तो थियो जुन बेला पैसाको चलन चल्ती नै थिएन । मानिसहरू आफ्ना आवश्यकताहरू परिपूर्ति गर्न बस्तु विनिमय गर्दथे । पशुधन जनावरको छाला, धातु, मुगा, कौडी आदि वस्तुलाई मुद्राको रूपमा प्रयोग गरिन्थ्यो । बिस्तारै यी बस्तुहरू मुद्राको रूपमा प्रयोग गर्न झन्झट र असहज महसुस भयो । मुद्राको अवधारणा ,चलनचल्ती बिकसित भयो । क्रमश सिक्का , हुदै नोट पैसा चलनचल्ती शुरुवात भयो। हाल डिजिटल कारोबारको प्रचलन बढेको छ । यसका कारण मानिसहरूले झनै सहजता महसुस गरेका छन्। समय सापेक्ष चलन चल्ती फेरिनु र नयाँपन अभ्यास गरिनु विकास हो । मुद्राको चलनचल्ती शुरुवात ईतिहास अध्ययन गर्दाः–
विश्वमा सिक्काको शुरुवात :–
सर्वप्रथम सिक्का पैसाको थालनी इसापूर्वको छैटौं वा पाँचौं शताब्दीमा ग्रिसबाट भएको मानिन्छ । इसापूर्व ५४६ मा लिदियाका राजा कोरेससले निर्माण गरेका सिक्का विश्वमा आधुनिक सिक्काको थालनी मानिन्छ । इसापूर्वको छैटौं वा पाँचौं शताब्दीमा ग्रिसबाट भएको मानिए पनि यधपी विश्वको पहिलो सिक्का २६०० बर्ष पहिले चिनबाट शुरुवात भएको हो मानिन्छ  । पुरातत्वविद्हरुले उत्खनन गर्दा चीनको हेनान प्रान्तमा रहेको गुन्जाहुंग सहरमा प्राप्त टक्सारका आधारमा सिक्काको सुरुवात भएको मानिन्छ ।
नेपालमा सिक्काको शुरुवात :–
नेपालमा सर्वप्रथम मुद्राको प्रचलन लिच्छवीकालिन राजा मानदेवबाट भएको थियो भनिन्छ। उनले प्रचलनमा ल्याएको मुद्रालाई ’’मानांक’’ भनिन्थ्यो । उनी पछिका राजाहरु अंशुवर्मा र नरेन्द्रदेवले पनि यसलाई निरन्तरता दिएका थिए । मुद्राको चलनचल्ती शुरुवात भएपछि वस्तु विनिमय गर्ने झन्झट हटेर गयो । त्यतिबेला माटोका तथा छालाबाट पनि मुद्रा बनाइन्थ्यो । मल्लकालिन राजा महिन्द्र मल्लले सर्वप्रथम चाँदीको मुद्रा प्रचलनमा ल्याए । जसलाई महिन्द्र मल्ली भनिन्थ्यो।
विश्वमा कागजी नोटको प्रचलन :–
विश्वको पहिलो कागजी नोट पनि चीनमा प्रचलनमा आएको थियो भनिन्छ । यसलाई “जियाओजी“ भनिन्थ्यो र यो पहिलो पटक सातौ शताब्दीको ताङ्ग राजवंश (६१८ देखि ९०७ ) को समयमा प्रयोग गरिएको थियो। यसबारे लिखित प्रमाण भने एघारौं शताब्दीको सांग राजवंश (९६० देखि १२७९ ) बाट पाउन सकिन्छ। यो कागजी नोट सम्राट झेन्जोङको पालामा शुरुवात भएको मानिन्छ । यसले चीनको व्यापार र अर्थतन्त्रलाई सहज बनाउने उद्देश्यले शुरू गरिएको थियो।
नेपालमा कागजी नोट प्रचलनः–
धातुका मुद्रा ओसारपसारमा असहज भएपछि सहजताका लागि कागजी मुद्राको प्रचलन शुरुवात भयो । यसलाई ‘पेपर मनी’ भनिन्छ । अहिले यो प्रचलनमा छ। नेपालमा कागजी नोटको शुरु भने धेरै पछि मात्र भएको पाइन्छ।
नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो । नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले तीन जना खजाञ्चीहरू जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराज पाण्डेको समयमा नेपाली कागजका नोटहरू जारी भएका थिए । वि.सं. २००९ मा नरेन्द्रराजको पालामा रु १ निष्कासन भएको थियो । २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना हुनु भन्दा पहिले नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो भने त्यसबेला समानान्तर रूपमा भारती रुपैयाँ चल्दथ्यो । नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ आएपछि नेपालमा नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो । यसलाई २०१७ साल वैशाख १ गतेबाट देशका प्रमुख भागहरूमा लागू गरियो । वि.सं. २०२६ मा पहिलो पटक १ हजार रुपैयाँको नोट निष्कासन भयो । त्यसपछि वि.सं. २०२८ मा ५ सय रुपैयाँको नोट निष्कासन भयो । २०१७ साल वैशाख १ गते १०० भारती रुपैयाको विनिमय दर १६० रूपैयाँ नेपाली रूपैयाँ तोकिएको हो ।
विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को वि.स. २०२३ बाट पूर्ण रूपमा कार्यान्वयन पछि नेपाल भर नेपाली रूपैयाँ मात्र कानुनी रूपमा ग्राहस्थ हुने व्यवस्था भएको हो । नेपाल राष्ट्र बैंक मार्फत छापिएका कागजी नोटहरू २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।
अहिले कागजी मुद्राको काम गर्ने गरी बैंक तथा वित्तीय संस्थाले विभिन्न कागजात (चेक, निक्षेप प्रमाणपत्र, ग्यारेन्टी पेपर) प्रयोगमा ल्याएका छन्रु। तिनलाई ‘बैंक मनी’ अथवा ‘क्रेडिट क्रिएसन’ भनिन्छ।
त्रिभुवनका पालामा कागजी नोट :-
नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भएको ईतिहासले बताउछ । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट पैसा नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ ।
डिजिटल चलनचल्ती :-
पछिल्ला वर्षमा ‘डिजिटल’ मुद्रा पनि राम्रो सँग चल्ने गरेको छ । विश्वका धेरै राष्ट्रले आफ्नै ‘डिजिटल’ मुद्रा बनाएर प्रयोगमा ल्याइसकेका छन् । नेपाल राष्ट्र बैंकले पनि ‘एनआरबी डिजिटल करेन्सीका’लागि अध्ययन थालिसकेको छ ।
समग्रमा विश्वभर पैसा निर्माणमा पशुधन, माटो, छाला, धातु, कागज, प्लास्टिक आदिको प्रयोग भएको देखिन्छ। यद्यपि अब अभौतिक डिजिटल मुद्राको सुरुवात भइसकेको छ। जहाँ वस्तुको प्रयोग हुदैन। हरेक राष्ट्रले जस्तोसुकै मुद्रा बनाए पनि त्यसमा सर्वमान्य, क्रयशक्ति, कानुनी मान्यता, सञ्चय क्षमता, मूल्यको मापन क्षमता लगायत विशेषता भने रहनु पर्छ ।
आजका युगमा कागजी नोटको प्रयोग भन्दा मानिसहरू डिजिटल कारोबार रूचाउँछन् । बैक निक्षेपका आधारमा बिना नोट तथा सिक्का नै आज हामी कारोबार गर्न सक्छौँ । यसले खल्तीमा पैसा बोकेर हिड्न पर्ने झन्झटबाट मुक्ति दिएको छ। यसको प्रयोग नयाँ पुस्ता धेरै गर्ने गरेका छन्। प्रतिष्पर्धात्मक खुल्ला बजार, खुल्ला अर्थनीति, अन्तराष्ट्रिय ब्यापार–व्यवसायको सम्बन्ध, अन्तराष्ट्रिय श्रम रोजगार तथा विदेश अध्ययनको आवश्यकताले पनि शायद डिजिटल मुद्राको प्रयोगलाई अपरिहार्य झैं बनाएको हुनुसक्छ । अनलाईन बैकिङको प्रचलनबाट बैक ट्रान्सफर बिल भुक्तानी जस्ता काम सजिलो भएको छ ।
फोन पे ,ई सेवा, अनलाईन बैकिङ प्रणालीबाट ईन्टरनेट , विजुली, पानी , टेलिफोन सेवा शुल्क, खाधान्नको बील भुक्तानी , तरकारी देखि शेयर किनबेच गर्न समेत डिजिटल प्रणाली प्रयोग गरिन्छ । डिजिटल भुक्तानी प्रणालीबाट डिजिटल वालेट, यूपीआई, क्रेडिट कार्ड, र अन्य इलेक्ट्रोनिक भुक्तानी गर्न सकिन्छ। यी प्रणालीहरूले कारोबारलाई बढी सुविधाजनक र सुरक्षित बनाएको छ ।किन्छ। यी प्रणालीहरूले कारोबारलाई बढी सुविधाजनक र सुरक्षित बनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारपशुधन, धातुका सिक्कादेखि डिजिटल मुद्रासम्म
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img