‘Leave No Child Behind in the Fight Against Human trafficking’ । बालबालकाहरुलाई मानव बेचबिखनको लडाइँमा पछाडि नछोडनु भन्ने नाराका साथ यो बर्ष बालबालिकाको सुरक्षालाई विशेष ध्यान दिदै जोखिममा नपरुन भन्ने उद्देश्यले यसबर्ष बालबालिकाको क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । हरेक वर्ष, विश्वभरिका मानिसहरूले मानव बेचबिखनको बारेमा सचेतना फैलाउनका लागि मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँछन । जसले बेचिएकाहरूलाई मद्दत गर्ने, उनीहरूको पीडालाई चिन्न सक्ने, र बेचबिखन रोक्न सचेतना फैलाउने कार्यहरू गर्दछ ।
हरेक वर्ष, जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । यसवर्ष पनि, विश्वभरिका समुदायहरूले एक अर्कालाई सहयोग गर्न र मानव बेचबिखनको बारेमा सचेतना फैलाउन फेरी एकत्रित बन्नुपर्ने कुरालाई जोडदिने, जसले बेचिएकाहरूको पीडालाई चिन्न र धेरै मानिसहरूलाई यो भयानक अपराधको बारेमा शिक्षा दिने र सचेतना फैलाउने काम गर्दछ ।
संयुक्त राष्ट्र महासभाले २०१३ मा मानव बेचबिखन विरुद्धको विश्व दिवस स्थापना गरेको थियो । यो कदम मानव बेचबिखन विरुद्धको ग्लोबल प्लान अफ एक्सनको एक भागको रूपमा लिइएको थियो, जुन २०१० मा अपनाइएको थियो । यसको उद्देश्य मानव बेचबिखन विरुद्ध लड्नको लागि संयुक्त राष्ट्रको व्यापक विकास र सुरक्षा एजेण्डामा सामेल हुनु थियो । यो दिनलाई मनाउन थालेको दश वर्षभन्दा बढी भइसकेको छ जसको माध्यमबाट मानव बेचबिखनको बारेमा सचेतना फैलाउन, पीडितहरूको समर्थन गर्नका लागि लिइएको छ ।
मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस :
हरेक वर्ष, मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस नजिक आउँदा, संयुक्त राष्ट्रको ड्रग्स र अपराध कार्यालय (UNODC) ले सो वर्षको लागि एक नारा घोषणा गर्छ, जसले समुदायहरूलाई विभिन्न विशिष्ट समस्यामा ध्यान केन्द्रित गर्न प्रेरित गर्छ । यस वर्षको विषयवस्तु ‘बालबालिकालाई मानव बेचबिखनको लडाइँमा पछाडि नछोड्नुहोस’ हो। यस वर्षको विषयवस्तुले बालबालिका बेचबिखनको भयानक अपराधमा ध्यान केन्द्रित गरेको छ, र संयुक्त राष्ट्रका अनुसार यसको उद्देश्य ‘बालबालिकाहरूलाई विभिन्न प्रकारका बेचबिखनमा समावेश गरिने, जबरजस्ती श्रममा लगाउने, अपराधजन्य कार्यमा संलग्न गराउने वा भिक्षामा शोषण, अवैध अंगीकरणका लागि बेचबिखन, अनलाइन र यौन दुव्र्यवहार, शोषणमा परेका बालबालिकाहरूको बारेमा सचेतना फैलाउनु रहेको छ । बिश्वको इतिहास जतिनै बिकसित हुँदै गएपनि यस्ता केही अपराधिक कार्यहरु जुन ‘मानव बेचबिखन, अबैध रुपमा हातहतियारहरु र लागू ओैषध दुव्र्यसन जस्तो जधन्य अपराधिक कार्यको जालो कम हुनु भन्दा व्यापक रुपमा फैलिएको र फरक–फरक तरिकाले अपराधिक गतिबिधि गरिरहेको अवस्था छ । यसका न्यूनिकरणका निम्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कडा कानून बनाउने र कार्यान्यनमा ल्याउन जरुरी छ । बालबालिकहरु उच्च जोखिममा रहेका हुनाले यो बर्ष बालबालिकाहरुलाई जोखिमबाट बचाउन सबैको भूमिका महत्वपूर्ण हुन जरुरी छ ।
किनकी UNODC को ग्लोबल रिपोर्ट अनुसार, ‘मानव बेचबिखनका एक तिहाई पीडितहरू बालबालिका हुन्छन्, कसैलाई पनि पछाडि नछोडनुहोस’