Homeसमाचारझापासहित देशभरका अदालतमा स्वचालित पेशी प्रणाली लागु

झापासहित देशभरका अदालतमा स्वचालित पेशी प्रणाली लागु

रेवतिराज घिमिरे
भद्रपुर १६ साउन ।
यसै आर्थिक वर्षको साउनदेखी झापा जिल्ला अदालत लगायत देश भरका अदालतमा स्वचालित पेशी प्रणाली लागु भएको छ। अदालतहरूमा फरक मुद्दा ब्यवस्थापन प्रणाली (डिसिएम) अनुरुप स्वचालित पेशी प्रणाली लागु भएको हो । झापामा स्वचालित पेशी प्रणालीको सम्बन्धमा कानुन ब्यवसायीबाट उठाइएका जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले बार र बेञ्च बीचको अन्तरक्रिया पश्चात स्वचालित प्रणाली लागु गर्ने निर्णय गरिएको छ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको अध्यक्षतामा झापा जिल्ला अदालतको सभाकक्षमा भएको बार बेञ्चको बैठकमा झापा जिल्ला अदालतका न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, ईश्वरमणी ओझा, नगेन्द्रकेशरी पोखरेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत शाखा अधिकृत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यसै गरी झापा बारका अध्यक्ष नारायण प्रसाद भट्टराई, उपाध्यक्ष भिम प्रसाद बराल, बार आबद्द बरिस्ठ अधिवक्ताहरु टंक उप्रेती, कुलप्रसाद दाहाल लगायत नेपाल बार एशोसियसनका उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल लगायत जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख समेतको उपस्थिति रहेको थियो।
अदालतमा लागु गरिएको स्वचालित पेशी प्रणाली साथै सरल, सामान्य र विशेष मार्ग समूहमा रहने मुद्दा, मेलमिलाप प्रक्रिया आदि बारेमा अदालत र बार पदाधिकारी बीचमा छलफल भएको थियो । मिति २०८१ साउन १ गतेदेखी देशभरका जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागु गरिएकोमा स्वचालित पेशी प्रणालीबाट अब पेशी प्रणालीमा मानविय हस्तक्षेप कम हुने र अदालतप्रति जनताको जनविश्वास बढ्ने मुख्य न्यायाधीश अशोक कुमार बस्नेतले बताए । त्यसैगरी मुद्दा दर्ता भएपछी मुद्दा पेशीमा केही कानुन व्यावसायी एवं कर्मचारीको मिलोमतोबाट पेशी अगाडी पछाडि सारी मुद्दामा चलखेल हुने गुनासो आउने गरेकोले अब भने स्वचालित पेशीले मानविय हस्तक्षेप रोक्ने र वर्षौसम्म मुद्दा पेशीमा नचढ्दा सर्वसाधारण अदालत धाउनुपर्ने बध्यता अन्य हुने न्यायाधीश तेजबहादुर खड्काले बताउनु भयो।
पेशी प्रणाली लागुहुँदा कर्मचारीले समेत उच्च मनोवलका साथ काम गर्ने र अदालति न्यायमा सुधार श्रेस्तेदार सिंहले बताए। बार र बेञ्च बैठकमा मेलमिलाप प्रक्रियालाई थप ब्यवस्थित बनाउने बिषयमा समेत अन्तरक्रिया भएको थियो।
यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएकोमा अव स्वचालित प्रणाली लागू हुने भएको छ। सर्वोच्च अदालत र उच्च अदालतमा स्वचालित पेसी प्रणाली सुरु गरि सकिएको र यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै जिल्ला अदालतहरूमा स्वचालित प्रणाली लागू भएको अदालत प्रशासनले जनाएको छ।
यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ। स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापासहित देशभरका अदालतमा स्वचालित पेशी प्रणाली लागु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img