भद्रपुर १५ साउन । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८१ को सन्दर्भमा झापाको चन्द्रगढीमा बृहत रक्तदान गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था चन्द्रगढी झापाले आइतबार आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश ईन्चार्ज लक्ष्मीप्रसाद गुरागाईले उद्घाटन गरे। रक्तदान कार्यक्रममा ११ जना महिला सहित जम्मा ७७ जनाले रक्तदान गरे। कार्यक्रममा सबै भन्दा बढी भद्रपुर ६ निवासी किरण कार्कीले ४६ पटक रक्तदान गरेका छन्। रेडक्रस सोसाइटी झापाको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रम को औचित्य माथि प्रकाश पार्दै सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीले सहिदहरुको सम्झनामा आयोजना गरिएको रक्तदानले रगतको अभाव छट्पटाई रहेका बिमारीलाई सहयोग पुग्ने बताए ।
संगठन झापा अध्यक्ष केदार पोखरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय भद्रपुरका मनोज भट्टराई र कोष तथा लेखा नियान्त्रण कार्यालय झापाका कृष्ण शर्मालाई बर्ष उत्कृष्ट कर्मचारी को नाम समेत घोषणा गरिएको थियो । त्यसैगरी बर्षोत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार रेडियो किङ एफ एम दमकका पत्रकार मनकुमार गदाललाई प्रदान गर्ने निर्णय समेत गरिएको संगठन झापा अध्यक्ष केदार पोखरेलले जानकारी दिए । आगामी भदौ १५ गते प्रमोद तामाङ स्मृति दिवसको अवसरमा पुरस्कृत गरिने संगठनले जनाएको छ ।