Homeसमाचारएबिसीकाे आयाेजनामा लैेंङ्गिक हिंसा बिरूद्वकाे सचेतनामुलक कार्यक्रम

एबिसीकाे आयाेजनामा लैेंङ्गिक हिंसा बिरूद्वकाे सचेतनामुलक कार्यक्रम

बिर्तामोड ३ असार । एबिसी नेपाल कोशी प्रदेश कार्यालयको आयोजना र कोशी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा लैगिंक हिसा विरुद्ध एकदिने सचेतनामुलक तालिम बिर्तामोड- १० मा सोमबार सप्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाका उपमेयर एवं कार्यक्रमका प्रमुख अतिथी नगेन्द्र सङ्रौलाले पटकपटक भएका आन्दोलनका उपलब्धिले सबै प्रकारका स्वतन्त्रता प्राप्त भएपनी यसलाई ब्यवहारिक उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
आफ्नो स्वतन्त्रता प्रयोग गर्दैगर्दा अरुको अधिकारको पनि सम्मान गर्न सके समस्या नहुने बताउदै उहाले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि एवं बिर्तामोड नगरपालिका वडा नम्बर-१० का वडाध्यक्ष दुर्योधन गुरुङले महिला, पुरुष दुबैमाथी हिसा हुने बताउदै वैदेशिक रोजगारीमा गएका परिवारमा बिखण्डनको समस्या देखिन थालेको बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश बिष्ट,
बिर्तामोड नगरपालिका- १० नम्बर वडा सदस्य दिपिका शिवा, प्रेस युनियन झापाका निवर्तमान अध्यक्ष इन्दु पुर्बेली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
एबिसी नेपाल कोशी प्रदेश अध्यक्ष बिष्णु शर्माको अध्यक्षतामा सप्पन्न कार्यक्रममा स्वागत एबिसी झापा अध्यक्ष कन्चना सिटौला र संचालन उमा शिवाकोटीले गर्नुभएको थियो ।
कार्यक्रमका बक्ताहरुले हिसाको चपेटामा महिला पुरुष र तेश्रो लिङ्गी सबै पर्न सक्ने बताउदै अधिकारको सन्तुलित उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
मुख्य गरि आदिवासी जनजाति महिलाहरुको सहभागिता रहेको कार्यक्रममा लैगिक हिसा, हिसापीडितले न्यायिक निकायसम्म पुग्ने प्रक्रिया लगायतका बिषयमा अधिबक्ता लक्ष्मी खनाल कोइरालाले प्रशिक्षण दिनुभएको थियो । सहजीकरण एबिसि नेपाल प्रदेश सचिब गितान्जलि शर्माले पनि गरेकाे बताइएकाे छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएबिसीकाे आयाेजनामा लैेंङ्गिक हिंसा बिरूद्वकाे सचेतनामुलक कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img