Homeसमाचारनेपाली कांग्रेस नगर समन्वय एवं सहजीकरण समितिले बुझायो नगर प्रमुखलाई ज्ञापन

नेपाली कांग्रेस नगर समन्वय एवं सहजीकरण समितिले बुझायो नगर प्रमुखलाई ज्ञापन

शनिश्चरे ६ असार । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका समन्वय एवं सहजीकरण समितिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं विकास निर्माण क्षेत्रमा नगरस्तर र वडास्तरमा बजेट विनियोजनको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
समन्वय एवं सहजीकरण समितिका संयोजक रञ्जिता कार्कीको नेतृत्वमा गएको नेपाली कांग्रेसका नेता÷कार्यकर्ताको टोलीले नगर स्तरीय एवं वडास्तरीय योजनाहरु समेटेर बजेट विनियोजनको मागसहित ज्ञापनपत्र नगर प्रमुख बलदेव गोम्देनलाई बुझाएको हो । नगरपालिकाले नीति, योजना एवं बजेट बनाइरहेका बेला नेपाली कांग्रेसका तर्फबाट सहजीकरण समितिले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमार्फत नगरभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा–१२ सम्म निशुल्क शिक्षा र कृषि विषयको अध्ययन–अध्यापन, दलित, महिला, जनजाति, बालबालिका, सीमान्तकृत वर्ग लक्षित जीवनोपयोगी सिप सम्बन्धी तालिम, नगरभित्रका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण र स्तरोन्नति, कृषि क्षेत्रमा ‘जहाँ खेती, त्यहाँ विजुली’ कार्यक्रम सञ्चालन, कृषकहरुलाई अनुदान तथा कृषि वीमा, पशुको नश्ल सुधार र पशु वीमा, कृषिजन्य उत्पादनको मूल्य निर्धारण एवं बजार ब्यवस्थापन, अति विपन्न नागरिकहरुको पहिचान गरी समयसापेक्ष सिपमूलक तालिम एवं रोजगारीको सिर्जना गर्न माग गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो ।
यसैगरी नगर अस्पतालको स्तरोन्नति गरी विशिष्टीकृत सेवा प्रवाह, नगरभित्रका जेष्ठ नागरिक र १० बर्षमुनीका बालबालिकाका लागि पूर्ण निशुल्क स्वास्थ्य सेवा एवं अन्य उमेर समूहको औषधि खरिदमा ५० प्रतिशत छुटको ब्यवस्था गरिनुपर्ने, लागु औषधीको दुव्र्यसन, महिला हिंसा, घरेलु हिंसा लगायतका विकृति विसंगति विरुद्ध जनचेतना तथा कानुनी सचेतना अभिबृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको छ ।
अर्जुनधारा–७ नम्बर वडामा रहेकोे खेलमैदानलाई स्तरोन्नति गरिनुपर्ने, नगरभित्र बहने नदीहरुले बर्षेनी विपद्का घटना भइरहेको र क्षति बढिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रमा विपद् पूर्वतयारी योजना निर्माण गरी कार्यान्वयन गरिनुपर्ने, टाङटिङ र बिरिङ जलाधार क्षेत्रमा हरित करिडोर निर्माण गरी पूर्व पश्चिम लोकमार्ग (महेन्द्र राजमार्ग) सँग जोडिनुपर्ने, नगरभित्रका खानेपानी तथा सरसफाइ योजनाहरुको स्तरोन्नति गरी सबै नगरिकसमक्ष स्वच्छ पानी पु¥याउनुपर्ने, सरल भाडादरमा नगरबस सञ्चालन गर्नुपर्ने, नगरपालिकालाई जग्गा उपलब्ध गराउने दाताको शालिक निर्माण गरिनुपर्ने माग गरिएको छ ।
यसैगरी वडा नं–१ मा शान्तिचोकदेखि मदनपुरसम्म नहर विस्तार गर्नुपर्ने, खैरेनी क्षेत्रको पहिरो नियन्त्रण गरी बाटोको स्तरोन्नति एवं माटे जाने बाटोको स्तरोन्नति गरिनुपर्ने, वडा नं २ मा राते घाटगद्दीदेखि मदन भण्डारी मार्ग जोड्ने सडक, ध्रुव न्यौपानेको घरअगाडिदेखि मदन भण्डारी मार्ग जोड्ने सडक, मिलनचोकदेखि कुमाल गाउँ जाने बाटो, स्थानीय तीनखुट्टे बरबाट मदन भण्डारी मार्ग जोड्ने बाटो, राते गोयाङ पैनीको स्तरोन्नति गरी कपरड्यामको दुवै किनारामा तारजाली ब्यवस्थापन गर्न माग गरिएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं–३ को सुखानी खोलामा तटबन्धन गर्नुपर्ने, त्रिपुरेश्वर मार्ग, गरुवाचोक–जुकेखाडी मार्ग, मिलन चोक–भोर्लेनी सडक कालोपत्रे, स्थानीय ८ वटा बाटाहरुको स्तरोन्नति गरिनुपर्ने, बुढी सुखानी खानेपानी योजना पूर्ण गर्नुपर्ने, विभिन्न टोलका सिंचाइ आयोजनाहरु सम्पन्न गरी कृृषि तथा पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न माग गरिएको ज्ञापनपत्रमा वडा नं–४ को मदनपुर कल्भर्ट–सानो चोक सडक सुधार एवं उक्त बाटोमा पर्ने कल्भर्ट मर्मत, सहसी बस्ती–विन्ध्यवासिनी हुँदै देवानचोक जोड्ने सडक सुधार गर्नुपर्ने माग गरिएको छ ।
वडा नं–५ अन्तरगत फूलमति खोलाको कचवेमा पुल निर्माण गरिनुपर्ने, अर्जुनधारा–६ मा अदुवाखोला तटबन्धन, युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालन, पशुपति टोलको रोड नं १ देखि ११ सम्मका बाटाहरुको स्तरोन्नति, नालासहित कालोपत्रे एवं विद्युत लाइन सुधार, दासपुल रोडका विभिन्न बाटाहरुको स्तरोन्नति एवं १ नंम्बर रोडमा विजुलीको पोल ब्यवस्थापन, पूर्वेली टोल, बालविकास टोल, छाताचोक पश्चिम, सुकुम्बासी बस्ती, कप्तानबारी–दुर्गामन्दिरको बाटो स्तरोन्नतिसहितका २१ वटा योजना नगरको बजेटमा समावेश गर्न माग गरिएको छ ।
यसैगरी वडा नं–७ मा ९ वटा बाटोको स्तरोन्नति, जीवन उपयोगी सिप र स्वरोजगारी सिर्जना, आधारभूत स्वास्थ्य चौकी भवनको पुनर्निर्माण,वडा स्वास्थ्य कार्यालयमा टिटानसको औषधि भण्डारणका लागि चिस्यान मेसिन खरिदका लागि बजेट ब्यवस्थापन, कृषकहरुलाई मल तथा उन्नत जातको विऊ विजन, पशु वीमा र नश्ल सुधारका कार्यक्रमलाई बजेटमा समेट्न माग गरिएको ज्ञापनपत्रमा वडा नं–८ मा विभिन्न ८ वटा बाटोको स्तरोन्नति एवं सन्थाल बस्तीमा निर्माणाधिन पर्खाल निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
स्थानीय सेतिदेवी मन्दिर परिसरको सातपत्रे खोलामा प्लम निर्माण, अति विपन्न बस्तीका सय घर परिवारलाई आवास निर्माण, जीवनोपयोगी सिप विकास तालिम, स्थानीय बरडाँडा, राना गाउँ, नर्मदेश्वर शिवालय छेउ, नारायण चोक उत्तर, प्राप्ति टोल लगायतका ५ स्थानमा डिप बोरिङका लागि बजेट विनियोजनको माग गरिएको छ ।
यसैगरी अर्जुनधारा–९ का ६ वटा सडकको स्तरोन्नति एवं कालोपत्रे, गजुरेल, दाहाल, खरबन्दी कठेत खड्का पैनीको मर्मत–सम्भार एवं स्तरोन्नति, १५ वटा डिप बोरिङ र ५० वटा ट््युववेल, त्यहाँस्थित चारवडा बाल विकास केन्द्रलाई खेल सामग्री ब्यवस्थापन, श्री आधारभूत विद्यालय र खरबन्दी आधारभूत विद्यालयमा भवन निर्माण र कम्पाउण्ड वाल निर्माणका लागि बजेट विनियोजन गरिनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
यसैगरी अर्जुनधारा–१० मा पाँचवटा बाटोको स्तरोन्नति एवं कालोपत्रे, डेसा बाँध तटबन्ध र कुलो निर्माण, सेतीपानी जेष्ठ भवन निर्माण, जमदार कुलोको स्तरोन्नतिको माग गरिएको छ भने वडा नं–११ मा पनि विभिन्न सातवटा सडकको स्तरोन्नति एवं कालोपत्रे, स्वाभीमान वस्ती पश्चिमपट्टीको पैनीमा तटबन्ध, टोल नं–४ र ५ मा विजुली पोल ब्यवस्थापनका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
सबै वडाहरुमा आमा समूहका लागि बाजा बजाउने तालिम, सिलाई कटाई एवं उपयोगी सीपमूलक तालिमका लागि बजेट विनियोजन गर्न माग गरिएको ज्ञापनपत्रमा पशु नश्ल सुधार, कृषि विमा र कृषकलाई राहत एवं सिंचाइका लागि स्थान अनुसारको आवश्यकता पूर्ण गर्न बजेट विनियोजनको माग ज्ञापनपत्रमा गरिएको छ ।
नेपाली कांग्रेस झापाले एकसाता अघि पार्टीका तर्फबाट नगर प्रमुख वा उपप्रमुखका विजयी जनप्रतिनिधि तथा उम्मेद्वारहरुको संयोजकत्वमा १५ वटै पालिकामा पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति गठन गरेको थियो । नेपाली कांग्रेसका तर्फबाट अर्जुनधारा नगरपालिका नगरप्रमुखको उम्मेद्वार रहनुभएकी कार्कीको सयोजकत्वमा गठित ‘नेपाली कांग्रेस अर्जुनधारा नगर समन्वय एवं सहजीकरण समिति’का सदस्यहरुमा हेमराज खरेल, जीवनकुमार भण्डारी, भीष्म मिश्र, उपेन्द्र बस्नेत, गिताराज खड्का, पम्फा विश्वकर्मा, गंगाप्रसाद मैनाली, गोपीचन्द्र गौतम रहनुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाली कांग्रेस नगर समन्वय एवं सहजीकरण समितिले बुझायो नगर प्रमुखलाई ज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img