HomeFeatured 2हिसान झापाको पद हस्तान्तरण

हिसान झापाको पद हस्तान्तरण

भद्रपुर २९ माघ । उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान) झापाको गत पौष महिनामा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारिहरुको एक कार्यक्रमका विच पद हस्तान्तरण गरिएको छ ।
भद्रपुरस्थित होटल उडल्याण्डमा सम्पन्न कार्यक्रममा निर्वाचित अध्यक्ष टेकनाथ भण्डारी लगायतको नयाँ कार्य समितिलाई निबर्तमान कार्य समितिका अध्यक्ष सुरेशबहादुर पौडेलले संघको निर्णय पुस्तिका र संस्थाको छाप प्रदान गरेर पद हस्तान्तरण गरिएको हो ।
शिक्षासेवी टंकप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष गणेश खनाल, पूर्व अध्यक्ष प्रेमप्रसाद भट्टराई नि वर्तमान अध्यक्ष पौडेल लगायतका २०७४ साल देखि २०८० साल सम्मका पदाधिकारीलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
निर्वाचनबाट अध्यक्षमा टेकनाथ भण्डारी , उपाध्यक्षद्वय उतम खनाल र खेम भण्डारी, सचिवमा देवेन्द्र हुमागाई, सहसचिवमा भाष्कर निरौला र कोषाध्यक्षमा रन्जित शाह लगाएतको १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको थियो ।
भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिटौला, निवर्तमान अध्यक्ष पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सचिब देवेन्द्र हुमागाई र स्वागत उपाध्यक्ष उतम खनालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2हिसान झापाको पद हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img