बिर्तामोड २३ पुस । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा व्यवसायी ओमकृष्ण विमली पुनः दोस्रो अध्यक्षमा निर्वाचित भएका छन् ।
मेचीनगरस्थित कालिका सिमसारमा सोमबार सम्पन्न चेम्बर अफ कमर्स झापाको छैठौं साधारणसभा तथा अधिवेशनले बिमलीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित बिमली चेम्बर अफ कमर्सको केन्द्रीय सदस्य पनि हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यामनाथ विमली, उपाध्यक्षहरुमा मोहनकुमार मित्तल, प्रदीप खरेल, घनश्याम चौधरी, भीमा शिवाकोटीलाई निर्वाचित गरेको छ । त्यस्तै सचिव विरोध सुवेदी, सहसचिवहरुमा टंकप्रसाद भट्टराई, उमादेवी भट्टराई प्रसाई र कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्तालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराई निर्वाचित भएका छन् ।
बिमलीको नेतृत्वमा ३ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति समेत चयन भएको हो ।
साधारणसभा उद्घाटन कार्यक्रका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संस्था स्थापनाकालदेखि हालसम्म नेपालमा चेम्बरले पु¥याएको योगदानबारे चर्चा गर्दै वर्तमान अवस्थामा व्यवसायीलाई धैर्यतापूर्वक आफ्नो व्यवसायमा लग्न अनुरोध गरे । उनले चिया, अलैंची सहितका कृषिजन्य बस्तुको तेस्रो बजार खोज्न र निर्यातमा सहजता ल्याउन सरकार समक्ष लबिङ गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डे, कोशी प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कृष्णचन्द्र काफ्ले महिला चेम्बर कमर्श झापा अध्यक्ष प्रेमा भट्टराई, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष बिमलीले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चेम्बर अफ कमर्श झापाको अध्यक्षमा पुनः ओमकृष्ण

































































































