Homeसमाचारगोपीकृष्ण खनाल स्मृति पुरस्कार कोमलप्रसाद पोखरेललाई

गोपीकृष्ण खनाल स्मृति पुरस्कार कोमलप्रसाद पोखरेललाई

बिर्तामोड २२ पुस । पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलललाई प्रदान गरिने भएको छ ।
गोपीकृष्ण स्मृति प्रतिष्ठानको बैठकले यस सम्बन्धमा निर्णय गर्दै यसपटक साहित्यतर्फ प्रदान गर्न लागिएको जनाएको छ । सो पुरस्कार दुई वर्षअघि झापाका अग्रज पत्रकार तथा लेखक नकुल काजीलाई प्रदान गरिएको थियो ।
नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा चार दशकसम्म क्रियाशील गोेपीकृष्ण खनालकोे २०७५ साल साउनमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
भारत पश्चिम बंगालको शिलगढीमा रहँँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचना मासिक, अर्धसाप्ताहिक विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना साप्ताहिक लगायतका साहित्यक र समाचारपत्रमा सम्वद्ध रहेर कार्य गरेका थिए ।
सामाजिक सेवाका क्षेत्रमा सक्रिय खनाल वीरता जेसीजका संस्थापक सदस्य, नेपाल पत्रकार संघ झापाका अध्यक्ष, सनातन धर्म सेवा समितिका सभापति, अर्जुनधारा जलेश्वर धाम, नेपाल विद्वत परिषद्, साहित्यिक पत्रकार संघ, विश्व हिन्दू महासंघ लगायत दर्जनौं संघ–संस्थामा आवद्ध थिए ।
प्रतिष्ठानद्वारा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार यसपटक साहित्य बिधामा झापाका अग्रज साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गर्न लागिएको पुरस्कार छनोट समितिका सदस्य डा. पुण्यप्रसाद सिग्देलले बताए ।
प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने सो पुरस्कार ५० हजार रुपैयाँ राशिकोे रहेको छ । सो पुरस्कार छनोट समितिका संयोजकमा हरिनारायण भट्टराई, डा. पुण्यप्रसाद सिग्देल र तीर्थ सिग्देल रहेका छन् ।
पुरस्कार खनालको ७७ औं जन्म जयन्तीको अवसर पारेर यही पुस २९ गते बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने योजना बनाइएको खनालका जेष्ठ सुपुत्र मनोज खनालले जानकारी दिनुभयो । पुस २१ गते बसेको समितिको बैठकले ब्यक्तित्व छनोट उप समितिबाट प्राप्त नामलाई अनुमोदन गरेको प्रतिष्ठानका नव गठित समितिका उपाध्यक्ष सरु भुर्तेल खनालले जानकारी दिइन ।
यसपटक पुरस्कृत पोखरेल साहित्य क्षेत्रमा क्रियाशील नाम हो । एम.ए.बिएड. गर्नुभएका पोखरेलको जन्म तोरिबारी इलाममा भएको हो भने हाल उहाँ कनकाई नगरपालिका बडा नं. ३ मा बस्दै आउनुभएको छ । प्राध्यापन पेशामा लामो समयसम्म सक्रिय पोखरेलका मेरो सूर्य (कविता संग्रह), हाउडी पुराण (हास्यव्यंग संग्रह), अन्तव्र्यथा: आजको (कथा संग्रह), मेरो अमेरिका यात्रा (यात्रा संस्मरण), धर्मा (शोक महाकाब्य), सजिलो कोमलगीता (गीतानुवाद), म फर्केर आएँ (छन्दोबद्ध हास्यव्यंग कविता संग्रह) प्रकाशित छन् । प्रकाशोन्मुख कृतिहरुमा हास्यव्यंग निबन्ध संग्रह, समालोचना संग्रह र भागवत स्तुति संग्रह रहेका छन् ।
स्वर्गीय खनालकी धर्मपत्नि रुपादेबी खनाल संरक्षक रहनगरी गठित प्रतिष्ठानको साधारण सभालेले गोपीकृष्ण खनालका सुपुत्र मनोज खनालको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सरु भुर्तेल खनाल, सचिबमा तीर्थ सिग्देल, सह सचिबमा भानुभक्त खनाल, कोषाध्यक्षमा यामनाथ पौड्याल र सदस्यहरुमा जयन्द्र उदास, रोशन खनाल, कमला भट्टराई पराजुली रहेका छन् । पदेन सदस्यमा बिर्तामोड नगरपालिका बडा नं. ४ का अध्यक्ष राहुल शर्मा रहेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगोपीकृष्ण खनाल स्मृति पुरस्कार कोमलप्रसाद पोखरेललाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img