Homeसमाचारसत् मिलन महिला समूह चन्द्रगढीको अध्यक्षमा पुनः यशोदा

सत् मिलन महिला समूह चन्द्रगढीको अध्यक्षमा पुनः यशोदा

भद्रपुर पुस । सतमिलन महिला समूह चन्द्रगढी झापाको सम्पन्न ११औ बार्षिक साधारणसभाले पुनः तेस्रो कार्यकालका लागि यशोदा कंडेल कोईरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
सभाले उपाध्यक्षमा सविता श्रेष्ठ, सचिवमा मेनका शर्मा, सहसचिवमा हिरा गेलाल, कोषाध्यक्षमा उमा भट्टराई र सह कोषाध्यक्षमा बिष्णु कोईरालालाई सर्वसम्मत चयन गरिएको हो ।
आगामी २ बर्षे कार्यकालका लागि गठित समूह सदस्यहरुमा क्रमशः जमुना न्यौपाने, सूर्य श्रेष्ठ , मुना कन्दङवा, चन्दा कोईराला, शान्ति राई, पूर्णिमा राजवंशी र , मेलिना न्यौपानेलाई चयन गरिएको छ । कार्यक्रममा समाजसेवीहरु दिनवन्दु गोयल, महेन्द्र कोईराला, दिपेश ढकाल, पुरुषोत्तम अधिकारी, अम्बिका प्रसाईं, जानुका कार्की, ओम खड्का, ठाकुरप्रसाद चापागाँई लगायतलाई सम्मान समेत गरिएको थियो ।
समुहमा जानुका कार्की, बविता कार्की र प्रशन्ना न्यौपानेलाई नयाँ सदस्यता समेत वितरण गरिएको थियो । कोईरालाको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर वडा नं.– ७ र ८ का वडाध्यक्ष अभिषेख ढुङगाना तथा मनोज सुब्बा, रेमनाथ चुडाल, उर्मिला गौतम, गोविन्द लम्साल लगायतले मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसत् मिलन महिला समूह चन्द्रगढीको अध्यक्षमा पुनः यशोदा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img