बिर्तामोड २२ पुस । दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुको शिक्षा सहयोगार्थ बिर्तामोडमा डिनर इन द डार्क तथा दोहोरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम आयोजक संस्था झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशीको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा लाइभ सांगीतिक प्रस्तुती तथा डिनर इन द डार्क कार्यक्रम सम्पन्न भएको हो ।
दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुका लागि लक्षित गरी श्रब्य पुस्तकालयको ब्यवस्थापन र प्रवद्र्धनका लागि सहयोग संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भोजकुमार तामाङले बताए ।
सो अवसरमा प्रमुख अतिथि कार्की, मेची आँखा अस्पताल बिर्तामोडका अप्टोम्याट्रिस अमितकुमार सिंह र दृष्टि आँखा अस्पतालका अजित ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राष्ट्रिय कलाकार डम्बर नेपाल र लोकदोहोरी गायक रमेश प्रसाईको प्रस्तुती रहेको कार्यक्रमको सञ्चालन नेपाल नेत्रहीन संघका संघका सचिव दिल राजबंशीले गरेका थिए ।
श्रब्य पुस्तकालयका लागि बिर्तामोडमा डिनर डार्क र सांगीतिक प्रस्तुती

































































































