Homeसमाचारसर्लाहीको बरहथवा क्षेत्रमा कफ्र्यु हट्यो निषेधाज्ञा जारी

सर्लाहीको बरहथवा क्षेत्रमा कफ्र्यु हट्यो निषेधाज्ञा जारी

मलङ्गवा २१ पुस । जिल्ला प्रशासन कार्यालयले सर्लाहीले बरहथवा क्षेत्रमा शुक्रबारदेखि लागेको कर्फ्यु हटाएर आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यो समयमा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।
नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा जारी गरिएको हो।
हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै छ । हिजो तनाव भएको ठाउँमा आज पनि प्रहरी खटिएका छन् ।
स्तरोन्नतिका लागि नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै शुक्रबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी साहको ज्यान गएको थियो । गोली चलाउन आदेश नआएको र किन, के, कति कारणले गोली चल्यो भन्नेबारे थप अनुसन्धान हुने बताएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसर्लाहीको बरहथवा क्षेत्रमा कफ्र्यु हट्यो निषेधाज्ञा जारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img