Homeसमाचारनिर्माणाधिन भवनभित्र मृत पुरुष पुरुष फेला

निर्माणाधिन भवनभित्र मृत पुरुष पुरुष फेला

शिवसताक्षी पुस । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र आज एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ ।
सुनसरी धरान उपमहानगरपालिका–६ का ४२ वर्षीय यमकुमार धमला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मागेर जीविकोपार्जन गर्दै आएका धमलालाई आज बिहान वाणिज्य संघको निर्माणाधीन भवनमा स्थानीयबासीले मृत अवस्था फेला परेका थिए । पहिचान नखुलेका धमलाको भाउजु उमा बिष्ट सनाखत गर्नुभएको थियो ।
घटनाको खबर पाएपछि अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको, घटनास्थल अनुसन्धान तथा कानून प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिर्माणाधिन भवनभित्र मृत पुरुष पुरुष फेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img