झापा पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहानेहरुको चर्चा सुरु भएको छ ।
निर्वाचन मिति नजिकिदै गइरहेको बेला अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट युवराज निरौला र गोमा भट्टराई पनि उम्मेदवार बन्ने चर्चा छ । कुन पदमा उठ्ने भन्ने हालसम्म टुंगो नलागेपनि दुवैजना निर्वाचनको तयारीमा जुटेको जनाईएको छ ।
न्यु मोबाइल एशोसोरिजका सन्चालक युवराज निरौला बिगत १६ वर्ष देखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।
सामाजिक क्षेत्रमा समेत सक्रिय निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड, मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्ष, शिक्षा सहकारीको लेखा संयोजक हुन ।
निरौलाले बिर्तामोड उद्योग वाणिज्य संघ व्यवसायीक संस्था भएपनि हालसम्म व्यवसायीक मैत्री हुन नसकेको बताए। बजारलाई व्यवस्थित र थप चलायमान बनाउन आफ्नो उम्मेदवारी आवश्यकता रहेको भन्दै यस पटक आफु उम्मेदवार बन्ने बताए । आकांक्षी निरौलाले कुन पदमा उम्मेदवारी रहने भन्नेकुरा टुंगो नलागेको उनको भनाइ छ ।
व्यवसायी गोमा भट्टराईले पनि वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताइन् । भट्टराईले आफु कुन पदमा उठ्ने भन्नेकुरा टुंगो नलागेपनि चुनावको तयारीमा लागेको उनले बताइन।
उद्योग वाणिज्य संघ बिर्तामोड व्यवसायीका समस्या भन्दा पनि स्वागत र विदाईका काममामात्रै लागेको भट्टराईको गुनासो छ ।
लामोसमय देखि प्रगती पुस्तक भण्डार सन्चालन गर्दै आएकी छन । भट्टराई सामाजिक कार्यमा पनि परिचित हनुहुन्छ । भट्टराई महिला उद्ममी संघ झापाको संस्थापक अध्यक्ष, विरता लेडी जेसीजको महासचिव हुंदै हाल नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको उपाध्यक्ष, तारा नमस्ते बालग्रामकी कोषाध्यक्षको जिम्मेवारीमा छन् ।
चर्चामा रहेका यी दुवै नाम अर्जुन कुमार मैनालीको स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवार हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन फागुन १४ का लागि तय गरिएको छ ।
बाणिज्य संघकाे निर्वाचनमा निराैला र भट्टराई पनि आकांक्षी

































































































