Homeसमाचारपर्सामा सदस्य नै नभइ महिलासंघ सभापति, पश्चिम नवलपरासीमा पनि विवाद

पर्सामा सदस्य नै नभइ महिलासंघ सभापति, पश्चिम नवलपरासीमा पनि विवाद

महिला संघको साधारण सदस्य समेत नरहेको व्यक्तिलार्ई नेपाल महिला संघ जिल्ला सभापतिमा मनोनित गरेपछि पर्सामा विवाद चुलिएको छ । महिला संघको साधारण सदस्य समेत नरहेको तथा सक्रियता समेत नभएकी किरणकुमारी शर्मालाई महिला संघ पर्साको सभापतिमा मनोनित गरेपछि महिला संघ पर्सामा विवाद चुलिएको हो ।
शर्मालाई पार्टीकोे भातृ संघसंस्था तथा शुभेच्छुक संस्थाको विधान विपरित पर्सामा सभापति मनोनित गरेको भन्दै त्यसको विरोध भएको हो । २०३६ सालदेखि कांग्रेसमा सक्रिय रहँदै आएकी विद्या श्रेष्ठले व्यक्ति मान्ने नमान्ने भन्दा पनि विधि÷विधान अनुसार चल्नुपर्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्–‘महिला संघको साधारण सदस्य समेत नरहेको व्यक्तिलाई सभापति बनाइएको छ, न सक्रियता छ, नेताको आसेपासेलाई मात्र पदमा पुर्याउने गलत परम्पराको विरोध गरेको हो ।’महिला संघ सभापति मनोनयनको विषय लिएर प्रकाशशरण महत प्रमुख अतिथि भएको कार्यक्रममै महिलाहरुले विरोध जनाए ।


महिला संघ सभापति मनोनयको विषय लिएर पश्चिम नवलपरासीमा विवाद उत्पन्न भएको छ ।
पश्चिम नवलपरासीमा महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिएसगै केन्द्रले जिल्ला सभापतिका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई पत्र पठाएको थियो ।
तर केन्द्रले पत्र पठाएको भोलि पल्टै तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएको थियो । सभापतिका लागि जिल्लाले सिफारिस गर्न नपाउँदै अध्यक्ष उषा रावत मिश्रले भन्डारीलाई नै तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरुले बिधान बिपरित भएको भन्दै असन्तुष्टि जनाएउँदै अर्को समिति नै गठन गरे ।
केन्द्रको निर्णयमा आपत्ती जनाउँदै कृयाशिल महिलाहरूको भेलाले पश्चिम् नवलपरासीमा मिठुकुमारी केसीको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति नै गठन गरे ।
भेलामा उपस्थित महिलाहरुले काङ्ग्रेसमा अझै पनि टिके प्रथाको अन्त्य हुन नसकेको भन्दै टिप्पणी गरे ।
नेपाली कांग्रेस पार्टी विधानमा भातृ संघ र शुभेच्छुक संस्था अन्तरगत भातृ संघको पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भातृ संघको पदाधिकारी वा सदस्य हुने छैन । भातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भातृ संघको पद स्वतः रिक्त हुनेछ । भन्ने उल्लेख गरिएको छ ।


महिला संघ पर्सामा भएको विवाद सार्वजनिक भएसंगै तेह्रथुमबाट महिला संघको केन्द्रीय सदस्य रहेकी सनिसा अन्ध्या भेटवालले कमेन्टमा लेखेकी छन्–‘नमस्कार जय नेपाल पर्सा जिल्लाका महिला संघका साथीहरुलाई ! तपाईहरुले आवाज बुलन्द गर्नुहोस् । म नेपाल महिला संघको केन्द्रीय सदस्य हो तेह्रथुमबाट । हामी केन्द्रीय महिला संघलाई पनि थाहा छैन, समितिमा सल्लाह नगरि छलफल नगरि आफ्नै मनोमानी ढंगले एकलौटी शक्ति र सत्ताको आडमा विधान बिपरित काम भइरहेको छ । घोर भत्सर्ना गरौं ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपर्सामा सदस्य नै नभइ महिलासंघ सभापति, पश्चिम नवलपरासीमा पनि विवाद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img