HomeFeatured 2भदौ १५ देखि १७ सम्म नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स पावर सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी...

भदौ १५ देखि १७ सम्म नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स पावर सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं । आगामी भदौ १५ देखि १७ सम्म भृकुटीमण्डपमा “नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।
विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शनीको यो दोस्रो संस्करण हो । नेपालको पहिलो र एकमात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को संयुक्त संयोजकत्वमा आयोजना हुन लागेको हो ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस प्रदर्शनीको मुख्य उद्देश्य प्रदर्शनी, सम्मेलन र साझेदारी सोचको संयोजन गर्नु हो । नेपालमा यी तीन सोचबाट विद्युत, विद्युतीय उपकरण, घरमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, आपसी सम्बन्ध बढाउने, व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्नेछ । यो नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हो । यस किसिमका उद्योग दक्षिण एसियाली क्षेत्रभित्र तीब्र रूपमा वृद्धि भइरहेका छन्।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजश्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको छ भने २०२७ सम्ममा इलेक्ट्रोनिक्स सामग्री प्रयोगकर्ताको संख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ। केही वर्षयता एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ । जसका कारण पनि यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सरोकारवालाहरू ध्यानाकर्षण हुनु आवश्यक छ ।
नेपालमा आयात हुने लगभग ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने गरेका छन् । त्यसकारण पनि यो प्रदर्शनीमा भारतीय सरोकारवालाको सहभागिता उल्लेखनीय हुने विश्वास गरिएको छ ।
विद्युतीय उपकरणहरूको हकमा नेपालमा घर–घरमा लगभग सबै प्रकारका विद्युतीय उपकरणहरूको प्रयोग हुने गर्दछ । आम नेपालीले घरमा विद्युतीय उपकरण प्रयोग गर्नैपर्ने हुन्छ । विश्वमा विद्युतीय उपकरणहरूको आविष्कार तथा नयाँ र प्रभावकारी प्रयोगहरू पनि ल्याइँदै छन् । यस कारण पनि यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउनेछ ।
नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन्। नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा झण्डै ७६ प्रतिशत छ ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकलाई प्रवेश निःशुल्क हुनुका साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने सम्मेलनमा थपिएका आकर्षण हुनेछन् ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स पावर लाइट तथा होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भदौ १५ देखि १७ सम्म नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स पावर सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img