भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगरपालिका वडा नं. ९ ले पनि शनिबार नै वडा भेला सम्पन्न गरेको छ । कोशी प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यमा तथा भद्रपुर क्षेत्र नं. ३ क्षेत्रीय सभापति गणेश पोखरेलको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनमा पार्टीको सुदृढिकरणका लागि कार्यकर्ताले विभिन्न प्रश्नहरु राखेका थिए । प्रश्नको प्रमुख अतिथि तामाङ , वडा सभापति चेतनाथ भट्टराई लगायतले जवाफ दिए । कार्यक्रममा प्रमुख अतिथि तामाङ ,नगर प्रमुख पोखरेल,जिल्ला सदस्यहरु विजय रिजाल, अल्क्षिया राजबंशी, राजेन्द्र रिजाल, क्षेत्रीय सदस्यहरु हुकुमदास प्याकुरेल, शाहिद हुसैन, गोपालप्रसाद श्रेष्ठ लगायतले पार्टी सुदृढीकरणका लागि सबै हुनुपर्नेमा जोड दिए। सभापति भट्टराईले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन चिरञ्जीवी भट्टराईले र स्वागत मन्तब्य गोपाल श्रेष्ठले गरेका थिए

































































































