बिर्तामोड । नेपाली काङ्ग्रेसका विभिन्न वडा समितिहरुले आज वडा सम्मेलन सम्पन्न गरेका छ्न । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले यसअघि नै साउन २२ सम्ममा वडा सम्मेलन सक्न निर्देशन गरेबमोजिम काङ्ग्रेसका वडा समितिले सम्मेलन गरेका हुन ।
शनिबार अर्जुनधारा नगरपालिका वडा नम्बर –४, ५, ८ र ११ बिर्तामोडको वडा नम्बर १ र ५, मेचीनगरका २ र १०, गौरादह ३ ,दमक १ र ५ बाह्र्दशी १ लगायतका वडा समितिले वडा सम्मेलन सम्पन्न गरेका हुन ।
नेपाली काङ्ग्रेस अर्जुनधारा ४ न. वडा समितिको वडा सम्मेलन नेका झापा सचिव कृष्ण हुमागाईको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ । वडा सभापती खेमबहादुर काफ्लेको सभापतित्वमा भएको सो सम्मेलनमा क्षेत्रीय सभापती खगेन्द्र मैनाली, जिल्ला सदस्य ध्रुव ओली, वडाध्यक्ष अम्बर कटुवाल, मुक्ति गिरी, मदन दनुवार लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल महिला संघ वडा अध्यक्ष मेनका बुढाथोकीले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन विशेष तामाङ्गले गरेका थिए भने सचिव उद्धव कुवरले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी अर्जुनधारा वडा नम्बर–५ को वडा सम्मेलन कोशी प्रदेश सदस्य रन्जिता कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । वडा सभापति गिताराज खड्काले सागठनिक, राजनीतिक एवं बिकास निर्माणमा पार्टीले खेलेको भुमिका समेटिएको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी कार्की, जिल्ला सदस्य एलबहादुर गिरी, प्रदेशसभा क्षेत्रीय सभापति किरण श्रेष्ठ, नेका झापा कार्यालय सचिब जयकुमार दाहाल, नगर सभापति हेमराज खरेल, बिशाल थापा, भाष्कर भट्टराई, टंक दाहाल, हरीप्रसाद ओझा, प्रशान्त भण्डारी, जीवन थापा, लगायतले मन्तव्य राख्दै पार्टीमा सक्रिय र इमान्दार कार्यकर्तालाइ जिम्मेवारी दिइनुपर्ने , बिकास निर्माणमा पार्टी संगठन परिचालन गरिनुपर्ने, पार्टीमाथीको अनर्गल प्रचार रोक्नुपर्ने लगायतका धारणा राखेका थिए । सभापति खड्काको सभापतित्वमा सप्पन्न कार्यक्रममा स्वागत नरेन्द्र चम्लागाइ र सन्चालन वसन्त बुढाथोकीले गरेका थिए ।
यसैगरी बिर्तामोड नगरपालिका वडा नम्बर –५ को वडा सम्मेलन महाधिबेशन प्रतिनिधि तेजप्रसाद चम्लागाइको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
नगर सभापति दिपक म्यानेङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यहरु लिला मैनाली, पुष्पलाल चौधरी, युबराज प्रसाईं, घनश्याम चौधरी, सीता पौडेल, प्रदेश सभा क्षेत्रीय सभापती लक्ष्मीप्रसाद आचार्य, सीता पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरुले गुटगत राजनीति अन्त्य गरेर कृयाशिलताका आधारमा अवसर दिनुपर्ने , जनजीविका र बिकास निर्माणमा स्वयंसेवक परिचालन गर्नुपर्ने लगायतका धारणा राखेका थिए । उपसभापति खगेन्द्र प्रसाइले स्वागत गरेको कार्यक्रमको संचालन सचिब राजेश नेपालले गरेका थिए ।
कांग्रेसको विभिन्न वडामा वडा भेला सम्पन्न

































































































