Homeसमाचारनगरमा डेंगी संक्रमितको मृत्यु , बिर्तामोड स्वास्थ्य शाखा बेखबर

नगरमा डेंगी संक्रमितको मृत्यु , बिर्तामोड स्वास्थ्य शाखा बेखबर

बिर्तामोड १० साउन । एकसाता अघि झापाको बिर्तामोडमा डेंगी संक्रमणका कारण एकजनाको मृत्यु भएको सार्वजनिक भएपनि सरोकारवाला निकाय अझै बेखबर छ।

परिवारले आफ्ना घरका सदस्यको डेंगीका कारण मृत्यु भएको बताए पनि बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखा बेखबर बनेको हो। डेंगी संक्रमण बढ्दै गएको बेला यस्तो सूचना समेत नहुनुले बिर्तामोड नगरको स्वास्थ्य शाखाले के गरिरहेको छ भन्ने पुष्टि हुन्छ।

डेंगी संक्रमणबाट आफ्नी आमाको मृत्यु भएको छोरा मिराज आलमले बताए । डेंगीले मृत्यु हुने व्यक्ति बिर्तामोड – ५ की ४४ वर्षीया मदिना खातुन हुन् ।

उनको गत बिहीबार बिहान साढे छ बजे मृत्यु भएको छोरा मिराजले जानकारी दिए । गत बुधबार उनलाई डेंगी संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट उनको मृत्यु भएको हो।

यसवर्ष झापामा डेंगीबाट मृत्यु भएको यो पहिलो घटना हो। डेंगी संक्रमणबाट अघिल्लो वर्षको असोजमा भद्रपुर नगरपालिका – ७ सरस्वती टोलका ५७ वर्षीय शशीकुमार भट्टराई र बिर्तामोड नगरपालिका – ३ की ५२ वर्षीया निशा क्षेत्रीको मृत्यु भएको थियो।

उच्चज्वरो आउने , हातखुट्टा दुख्ने समस्या भएपछि मदिनालाई बिर्तामोडको बालाजी फर्मा लगिएको थियो । चिकित्सकले डेंगी भएको पुष्टि गरेका थिए। चिकित्सकले औषधी खाँदै आराम गर्नु भनेपछि उनलाई घर लगिएको थियोे ।

स्मरणीय के छ भने, साउनमा मात्रै बिर्तामोडमा १४ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ । यस्तो अवस्थामा नगरको स्वास्थ्य शाखा चनाखो रहनु पर्ने देखिन्छ । संक्रमित मध्ये मनमोहन सामुदायिक अस्पतालमा ८ जना, विएण्डसी, बिर्तासिटी र कन्काई हस्पिटल बिर्तामोडमा २ / २ जनालाई डेंगी संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी असारको अन्तिम साता विएण्डसीमा ५ जनालाई डेंगी पुष्टि भएको छ । यसवर्ष मात्रै बिर्तामोडमा २५ जनामा डेंगी संक्रमण देखिएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको थियोे ।

कमल गाउँपालिका अध्यक्षलाई डेंगी :-

कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई डेंगी संक्रमण भएको छ । कमल नगर अस्पतालमा मंगलबार स्वास्थ्य परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो। दुई दिनदेखि उच्चज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि अध्यक्ष राई आफैँ अस्पताल गएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

गाउँपालिकाका स्वास्थ्य निरीक्षक दीपक दाहालका अनुसार सो गाउँपालिकाले कमल नगर अस्पताल र लखनपुर स्वास्थ्य चौकीमा डेंगी परीक्षणको व्यवस्था मिलाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनगरमा डेंगी संक्रमितको मृत्यु , बिर्तामोड स्वास्थ्य शाखा बेखबर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img