Homeसमाचारअभिभावकको आकर्षण बनेको कम्प्युटर, सिकाईमा सहयोगी बन्न सकेन

अभिभावकको आकर्षण बनेको कम्प्युटर, सिकाईमा सहयोगी बन्न सकेन

हल्दिबारी । तस्विरमा उत्सुकताका साथ कम्प्युटरसंग खेलिरहेको दृष्य हो हल्दिबारी–५ स्थित मोती आधारभूत विद्यालयको । कम्प्युटरसंग विद्यार्थीहरु आ–आफ्नै तरिकाले खेलिरहेका छन् । कोही ड्रोइङ बनाइरहेका छन्, कोही किबोर्डमा हात चलाउँदै टाइप गर्न सिकिरहेका छन् त कोही बालबाललिकाले खेल्ने कम्प्युटर गेम खोजिरहेका छन् । यो दृष्यले बालबालिकाहरु कम्प्युटरमा खेल्न र रमाउन कति उत्साहित छन् भन्ने स्पष्ट पार्छ ।
मोती आधारभूत विद्यालयका प्रधानअध्यापक केदार सुवेदी आफैंले पनि सोचेका थिएनन् रे यति चाँडै सामुदायिक विद्यालयका बालबालिकाको पहुँच पुग्छ भनेर ।
सामुदायिक विद्यालयमा कम्प्युटरको उपलब्धताले कम्प्युटर भनेको के हो ? प्रत्यक्ष साक्षात्कार हुने मौका पाए । यसले विद्यार्थीसंगै अभिभावकलाई पनि प्रत्यक्ष फाइदा पुगेको महेन्द्र माविका शिक्षक सिताराम खरेलले बताए । कम्प्युटरले समुदायको ध्यानाकर्षण गरेको छ । उनले भने–‘सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढायो ।’ सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बृद्धि भयो, अभिभावकहरु संस्थागत विद्यालयमा हुने ठूलो खर्चबाट मुक्त भए ।’
सकारात्मक र नकारात्मक दुवै पाटो भने झैं कम्प्युटरले बालबालिकालाई संस्थागत विद्यालय जान रोकेपनि कम्प्युटर भन्दा अरु विषयमा भने आकर्षण गर्न नदेखिएको उनको भनाई छ । कम्प्युटरको आकर्षण खाली कम्प्युटरका लागि मात्र भयो शिक्षक खरेलले भने–‘अरु पाठ्यक्रम र विषयवस्तुसंग सहयोगी बन्नै सकेन, अरु विषयमा बच्चाहरुको ध्यान जान सकेन ।’
कम्प्युटर शिक्षा जो कम्प्युटरमा बस्यो त्यसैका लागि मात्रै भएको जानकारी दिंदै भने–‘कम्प्युटर पर्याप्त छन्, तर त्यसलाई मास टिचिङमा प्रयोग गर्ने वातावरण नबनेसम्म भौतिक उपलब्धीले मात्रै अर्थ नराख्दो रछ ।’
आधारभूत तहमै कम्युटरको ज्ञान दिंदा भविष्यमा बालबालिकालाई आइटी सम्बन्धीको शिक्षा लिन सहज हुने हल्दिबारी शिक्षा समितिका सदस्य तथा लक्ष्मी माविका शिक्षक मदन पोखरेलले बताए । यद्यपि सबै विद्यालयमा छुट्टै कम्प्युटर शिक्षक नै व्यवस्था गर्न सकेमात्रै कम्प्युटर शिक्षाको ज्ञान र गुणस्तरमा समेत कायम हुने पोखरेलले बताए । उनले भने–‘भौतिक उपलब्धतासंगै व्यवस्थापकीय पक्षलाई पनि नीतिगत रुपमै व्यवस्था गर्न सके मात्रै गुणात्मकता आउँछ ।’
विद्यार्थीको कम्प्युटर शिक्षामा रुची भएपनि शिक्षा ऐन र नीतिगत अस्पष्टताका कारण पालिकासंग करार सम्झौता गरी शिक्षक खटाइएको छ । करारमा खटिएका शिक्षकको पेशागत सुरक्षाको सुनिश्चितता नहुँदा काममा जाँगर नदेखिने र त्यसैका कारण गुणस्तर कायम हुन कठिन हुने स्रोतको भनाई छ ।
संघीयतासंगै स्थानीय तहले स्थानीय पाठ्यक्रम लागू गर्न सक्ने प्रावधान छ । तर संघीय शिक्षा ऐन आएनसकेका कारण पालिकै पिच्छे पाठ्यक्रम फरक भएको जानकारहरु बताउँछन् । संघीय शिक्षा ऐनमा र पाठ्यक्रम अनुसार कक्षा–९ र १० मा अप्सनल सब्जेक्टको रुपमा कम्प्युटर विषय उल्लेख गरिएको छ ।
यसै शैक्षिक वर्षदेखि हल्दिबारी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको रुपमा ‘हाम्रो हल्दिबारी’ शिक्षा लागू गरेपछि पालिकाले नै लागू गरेको कम्प्युटर शिक्षामा अन्यौल थपिएको शिक्षकहरुको बताउँछन् । हाम्रो हल्दिबारी अन्तरगत ३ वटा विषय थपिएसंगै विद्यालयहरुलाई कक्षा व्यवस्थापन मै समस्या आएको विद्यालय सञ्चालकहरुको भनाई छ ।
कम्प्युटरलाई मास सिकाईमा जोड्न सकेमात्रै उपलब्धी मान्न सकिने शिक्षक खरेलको सुझाव छ । ‘प्रविधिमैत्री र वातावरण मैत्री कक्षाकोठा, स्मार्ट बोर्ड, प्रोजेक्टरको समेत अपेक्षा शिक्षकहरुको छ ।
यद्यपि पालिकाले यसै शैक्षिक वर्षदेखि लागू गरेको हाम्रो हल्दिबारी पाठ्यक्रमले कम्प्युटर सिकाइलाई असर पार्नु हुन्न । भौतिक संरचनाको उपलब्धीले गुणस्तर कायम गर्न सक्दैन । गुणस्तर कायम गर्नका लागि विषयसंग सम्बन्धित शिक्षककै आवश्यकता हुन्छ । तर, गाउँपालिकाले हल्दिबारीका सामुदायिक विद्यालयमा ८ कक्षादेखि मुनिका बालबालिकालाई कम्प्युटर सिकाउने उद्देश्यले २०७५ सालमै पुर्यायो । समय अनुसारको शिक्षा दिन सकिएन भने सन्नतीको भविष्य सुरक्षित नहोला कि ! डरका खातिर कमजोर आर्थिक अवस्था भएकाहरुले पनि बनिबुतो गरेर संस्थागत विद्यालय पठाउने क्रमलाई रोके । यसले अभिभावकलाई आर्थिक भार केही मात्रामा कम भयो । प्रविधि मैत्री शिक्षाका लागि भौतिक व्यवस्थापन, वातावरणमैत्री कक्षा कोठा, विषय विज्ञ शिक्षक र बालबालिकाको रुची अनुसारको सिकाई हुन जरुरी छ । तसर्थ ५ वर्ष अघि ठूलो धनराशी खर्चिएर विद्यालयमा पुर्याइएका कम्प्युटर देखाउनका लागि मात्र हुनुहुँदैन । सिकाउन र सिकाईबाट उपलब्धी हासिल गर्न सक्नुपर्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअभिभावकको आकर्षण बनेको कम्प्युटर, सिकाईमा सहयोगी बन्न सकेन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img