HomeFeatured 2पाँच महिनामा झापामा ६८ वटा मानवअधिकार हननका घटना

पाँच महिनामा झापामा ६८ वटा मानवअधिकार हननका घटना

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले मोवायलको बढ्दो प्रयोगका कारण पनि मानव अधिकार हननका घटनामा बृद्धि भएको बताएका छन् ।
मानवअधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व मानव अधिकार सम्बन्धी झापामा भएका घटनाको तयारी प्रतिवेदनबारे समिक्षात्मक कार्यक्रममा सहभागी वक्ताहरुले मानवअधिकार मैत्री अभियान व्यवहारमा लागु हुन नसकेको भन्दै गुनासो गरेका थिए ।
मानव अधिकारका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२३ जनवरी १ देखि जुन १५सम्मको अवधीमा झापा जिल्लाका विभिन्न ठाउँमा भएका मानव अधिकार हननका घटनाहरु समेटर तयार पारेको प्रतिवेदनमाथि समिक्षा गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न समिक्षात्मक कार्यक्रममा प्रमुख अतिथि पोखरेलले मानव अधिकारको संरक्षण गर्न प्रशासन, सरकार, सामाजिक संघसंस्था साथै समाजका हरेक नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मी, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, रेखा अधिकारी, पाण्डवलाल चौधरी, पर्वत पोर्तेल, संगीता रौनियार, सेसेहाङ फियाक लगायतले मानव अधिकारका सन्दर्भमा नेतृत्वमा रहेका व्यक्तिहरुको पनि व्यवहार परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।
विगत ५ महिनाको अवधिमा झापामा गोली प्रहार, हत्या, घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयास, बहुबिवाह, मानवबेचविखन, गर्भपन, दाइजो नदिएको, जातीय भेदभाव तथा छुवाछुत, यौन दुव्र्यवहार, कुटपिट, आत्महत्या दुरुत्साहन लगायत विभिन्न १३ प्रकृतिका ६८ वटा घटनामा ६९ जना पीडित भएको इन्सेकले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमको सञ्चालन इन्सेकका झापा जिल्ला प्रतिनिधि नरेश खातीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पाँच महिनामा झापामा ६८ वटा मानवअधिकार हननका घटना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img