Homeसमाचारमेची अस्पतालको नयाँ भवनमा पानी चुहेपछि कारवाहीको माग

मेची अस्पतालको नयाँ भवनमा पानी चुहेपछि कारवाहीको माग

भद्रपुर। भद्रपुर स्थित नव निर्मित मेची अस्पतालको भवनमा कमसल निर्माण सामग्री प्रयोग गरी निर्माण भएको कारण वर्षादको पानी चुहेको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग रेरको छ ।
कन्टेक प्रा लि नामक निर्माण कम्पनी मार्फत निर्मित अस्पताल भवन हस्तान्तरण प्रकृया रोकेर कमसल सामग्री हटाई स्तरीय सामग्रीको प्रयोग मार्फत भवन पुनरनिर्मित भएपछि सेवा प्रवाह गर्न सकिने अस्पताल विकास समितिले विज्ञप्ति मार्फत प्रष्ट पारेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ वरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ—अस्पतालका झ्याल ठोकामा प्रयोग भएका सामग्री कमसल रहेको, शौचालयमा निकै समस्या देखिएको, छानामा प्रयोग भएको फाइवर कमसल रहेको, अस्पताल भवनका तीन वटा सेक्सनको छानाबाट पानी चुहेकोले प्राविधिक त्रुटी गराउने प्राविधिक र निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न माग समेत गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची अस्पतालको नयाँ भवनमा पानी चुहेपछि कारवाहीको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img