राजेन्द्र गौतम
प्रिय मानिस !
तिमीले छोडेर हिँडेपछि
मेरा आँखा तिमीलाई नै खोजिरहन्छन्।
कहिल्यै नअघाउने गरी
भोकाएका मेरा आँखा
तिमीलाई दूरसम्म हेर्न मात्रै होइन
जन्मजन्म नियाल्न चाहान्छन्।
यी आँखामा लोभ छैन
अनि भोक पनि छैन
गहिरो तृष्णा छ
अतृप्त ती आँखामा
बेजोड मृगतृष्णा छ।
तिर्खाले हरहरी जलेको आत्मा
चिसो पानी कलकल्ती पिउँदा पनि
प्यास नमेटिए जस्तै
मेरा आँखा तिर्खाएका छन् ।
यी आँखामा तिर्खाको जलन छ
यादको जलन
स्नेहीको जलन
कहिल्यै नसेलाउने जलन
हो, भावनाको जलन।
तिमीलाई हेरेर मेरा आँखा
कहिल्यै अघाउँदैनन्
प्रकृतिको सुन्दर दृश्य
हरेर नअघाए जस्तै
किनकि,
तिमी सुन्दरताको अनुपम उपहार हौ।
तिर्खालु यी आँखालाई
तिमीमा संसार देख्ने रहर छ
र, त तिमीनै सर्वस्व देख्छ
त्यसैले, यी आँखा
तिमीलाई परसम्म मात्रै होइन
जुनीजुनी हेर्न चाहान्छन्।
उसमा अपराध छैन
छल छैन
र, भ्रम पनि छैन
छ त केवल अकञ्चन दृष्टि
निष्पाप हेराइ।
तिमीलाई गराइसम्म हेरेर
आँखा वास्तविक जीवन बुझ्न
लालहित छन्
नभेटिएसम्म तिमीलाई
निष्टक हेरिरहन्छन्।
अकण्टक उसका दृश्यमा
कहिँ तुवाँलो छैन
कहिँ बादल छैन
तेसले यीआँखालाई छुने छैन
र, नछाओस् पनि ।
आँखा चाहना हो
यो निष्गन्ध हेराइमा
तिमीलाई हेरिरहुँ
यो यस्तो हेराइ हो
न जसको आदी छ
न अनादी न अन्त्य नै।
प्रिय मानिस१
यी आँखामा
कहिँ अलमल छैन
यो अन्त्यहीन हेराइ
आँखाको हेराइ हो ।

































































































