बिर्तामोड । झापाको पत्रकार महासंघले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापाले चरणवद्ध आन्दोलन शुरु गरेकोछ।
महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले तयार गरेको मापदण्ड विपरित नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी आन्दोलनमा उत्रिएको हो । महासंघको भवन अगाडी कालो झन्डा राखेर धर्नामा उत्रिएको चौतारीले महासंघले पठाएका नाममा पत्रकार महासंघ प्रदेश समितिले छानविन समिति बनाउन चौतारीका झापा सन्तोष आचार्यले माग गरे ।
महासंघ पूर्वाग्रही ढंगले शुद्धीकरणका लागी सिफारिस गरेको भन्दै आपत्ती जनाएको चौतारीले महासंघको केन्द्रीय समितिले पत्रकार शुद्धिकरणका लागि पारित गरेको १५ बुँदे मापदण्ड हुबहु पालना हुनु पर्ने माग गरेपनि झापामा उक्त माग कार्यान्वयन नभएको भन्दै महासंघ मै आन्दोलनमा उत्रन बाध्य भएको बताइएको छ ।
सदस्यता शुद्धीकरणमा विभेद भएको भन्दै प्रेस चौतारी झापाको आन्दोलन

































































































