HomeFeatured 2जनपक्षीय काम गर्नुपर्नेमा कांग्रेस नेता पौडेलको जोड

जनपक्षीय काम गर्नुपर्नेमा कांग्रेस नेता पौडेलको जोड

बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तिनै तहका सरकारमा रहेका बेला कांग्रेसले जनपक्षीय काम गरेर जनताको मन जित्दै आउँदो निर्वाचनमा पार्टीका उम्मेद्वारले जित्ने आधार तयार गर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभामा सांसद समेत रहेका युवा नेता पौडेलले जनताले पार्टीका नेता कार्यकर्तालाई सच्चिन आग्रह गर्दै नयाँ पार्टीहरुलाई जनमत दिएको बताए । स्थानीय, प्रदेश र संघीय समस्याहरुको पहिचान गरी समयानुकुल समाधानको बाटो खोजेर विचार र सिद्धान्त प्रतिपादन गर्दै जनमुखी काम गर्नुपर्नेमा जोड दिए।
‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्कन्छन्’–नेता पौडेलले भने –‘निराश हुने अवस्था आएको छैन, तिनै तहका सरकारमा कांग्रेस छ, यिनको नेतृत्व गर्नेले समस्याहरुको पहिचान गरी समाधानका लागि जनपक्षीय काम गर्नुपर्छ । यो निर्वाचन परिणामको सन्देश हो ।’
विचार र आस्था मारेर सत्तामा बसिरहनु नहुने टिप्पणी गर्दै नेता पौडेलले केही नेताहरुको सत्तामा टाँसिइरहने गलत प्रवृत्तिका कारण निर्वाचनमा गठबन्धन भएको बताए । लोकप्रिय कार्यक्रम ल्याएर आगामी निर्वाचनमा दुईतिहाई जनमत ल्याउने गरी कांग्रेसले काम गर्नुपर्नेमा जोड दिदै नेता पौडेलले सत्ता प्राप्तिमात्रै राजनीतिको उद्देश्य नभएको स्पष्ट पारे।
पार्टीको संगठन सुद्धिकरण एवं सुदृढीकरणका लागि प्रधानमन्त्री, पार्टी सभापति, जनप्रतिनिधि एवं मन्त्रीमा निश्चित समयावधी तोकेर नेतृत्व हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्नेमा जोड दिए ।
भ्रष्टाचार विरुद्ध चट्टानी अडान लिनुपर्ने दोहो¥याउँदै नेता पौडेलले दुइचार जनाको गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न दिनुनहुने धारणा राखे । भुटानी शरणार्थी सम्बन्धी विषयमा जो–सुकै दोषी देखिएपनि कारबाही गर्नुपर्नेमा उनको जोड थियो ।
कांग्रेसले सरकारमा रहँदा थुप्रै जनपक्षीय एवं विकासका कामहरु गरेपनि त्यसको खासै चर्चा नभएको बताउँदै उनले अब सबै तहमा डिजिटल समिति गठन गरी पार्टीले गरेका कामको प्रचार–प्रसारमा तिब्रता दिन आग्रह गर्नुभयो ।
कार्यकर्ता भेटघाट कार्यक्रममा सहजीकरण पार्टी सचिव कृष्ण हुमागाईले गरेका थिए भने विरबहादुर चौहान, देवीप्रसाद खरेल, हेमराज खरेल, गोविन्द पौडेल, ओमकृष्ण विमली, धर्म लक्सम्बा, अशोक पाठक, विरु दर्नाल, सञ्जय निरौला, भुमादेवी घिमिरे, बासु अधिकारी लगायतले समसामयिक राजनीति एवं पार्टीको आन्तरिक विषयमा जिज्ञाशाहरु राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जनपक्षीय काम गर्नुपर्नेमा कांग्रेस नेता पौडेलको जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img