बिर्तामोड । प्रकाशित समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा पेशाप्रति हतोत्साहित बनाउने गरी झापाको भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए) का अध्यक्ष ज्ञानेन्द्र कटुवालले सामाजिक सञ्जालमार्फत दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ झापा शाखा र नेपाल प्रेस युनियन झापाले ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य, प्रेस युनियन झापा शाखाका सदस्य तथा प्रदेश उपाध्यक्ष समेत रहेका सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए) का अध्यक्ष ज्ञानेन्द्र कटुवालले धम्की दिएका थिए ।
विद्यालय व्यवस्थापन समिति र त्यहाँ कार्यरत् पाँच जना शिक्षकवीचको विवादको बारेमा सेतोपत्र डटकममा सम्प्रेषित समाचारको विषयलाई लिएर पीटीए अध्यक्ष कटुवालले आफ्नो फेसबुकमा स्टाटस लेखेर पत्रकार निरौला र सञ्चारमाध्यमकोे नामै किटान गरी कार्वाहीको धम्की दिदैं पेशाप्रति हतोत्साहित बनाउने कार्य गरेको पाइएको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चार माध्यमको नामै किटान गरेर धम्क्याउदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रता विरोधी र खेदजनक भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघ झापा शाखा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यसखाले गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदछ ।
त्यस्तै प्रेस युनियन झापाले विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारप्रति चित्त नबुझे कानूनी उपचार खोज्न सुझाउँदै भनेको छ– अभिव्यक्ति स्वतन्त्रता बिरोधी घटना नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासन एवं सरकारसँग नेपाल प्रेस युनियन झापा जोडदार माग गर्दछ ।
समाचारको बिषयमा चित्त नबुझे कानूनी उपचारको बाटो खोज्न सकिने बिकल्प हँुदाहुदै सामाजिक संजालको दुरुपयोग नगर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउँछ ।
पत्रकार निरौलालाई पिटिए अध्यक्षले दिएको धम्कीप्रति महासंघ र युनियनको ध्यानाकर्षण,

































































































