Homeसमाचारझापा उवासको अध्यक्षमा लिम्बू र राईको उम्मेद्वारी,पदाधिकारी ४ सहित सदस्य निर्विरोध

झापा उवासको अध्यक्षमा लिम्बू र राईको उम्मेद्वारी,पदाधिकारी ४ सहित सदस्य निर्विरोध

भद्रपुर । झापा उद्योग वाणिज्य संघको यहि वैशाख २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार संघको विहीबार भएको उम्मेदवारी दर्ता क्रममा अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका खड्कवहादुर लिम्बू र तत्कालीन एसोसिएट उपाध्यक्ष प्रज्वल राईले अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
निर्वाचन समितिका अनुसार अनुसार वरिष्ठ उपाध्यक्षमा राजकुमार राईको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै, एसोसिएट तथा बस्तुगत उपाध्यक्षमा बाबराम पराजुली र महिला उपाध्यक्षमा सीता ढकालको मात्रै उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा पनि एकजना पवन श्रेष्ठको मात्र उम्मेद्वारी परेको छ।
त्यस्तै चारजना महिला सदस्यमा क्रमशः दिलकुमारी राई, अनिता कार्की, रूक्मिणी चौहान र मुना दाहाल तथा ७ जना खुला सदस्य पदमा पनि सात जनाले मात्रै मनोनयन दर्ता गराएका छन्।
त्यसरी दर्ता गर्नेहरूमा अम्बिका पोखरेल, अरूणकुमार मित्रुका, सिंहवीर लिम्बू (अनिल), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की शाह (कल्वार) र कविन राई रहेका छन्।
खुला सदस्य, महिला सदस्य, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, एसोसिएट तथा बस्तुगत उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध भए पनि निर्वाचन समितिले घोषणा गर्न भने बाँकी रहेको छ।
निर्वाचन समितिले अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदको मात्र निर्वाचन हुने जनाएको छ। वाणिज्य उपाध्यक्षमा भने सुरज साह कसेरा र सञ्जयकुमार श्रेष्ठ तथा महासचिवमा सुमन्त मैनाली र रविशंकर भट्टराई(पवनका भिडन्त हुँदैछ। निर्वाचनमा चारसय २२ मतदाताले मतदान गर्ने कार्यालय प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापा उवासको अध्यक्षमा लिम्बू र राईको उम्मेद्वारी,पदाधिकारी ४ सहित सदस्य निर्विरोध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img