बिर्तामोड । नेपाल डोरीतान खेल संघको झापा जिल्ला तदर्थ समिति गठन भएको छ ।
बिर्तामोडमा आयोजित झापा जिल्ला खेलाडीहरुको भेलाले युनिता दवाडीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको नेपाल डोरीतान संघ कोशी प्रदेश उपाध्यक्ष हिमा मिश्रले जानकारी दिइन् ।
समितिको उपाध्यक्षमा प्रज्ज्वल अधिकारी, मनिस मुर्मु, मेनुका उप्रेती, यादव मिश्र, होमप्रसाद न्यौपाने, पुष्प न्यौपाने, संगीता चिमरिया र केशव खनाल रहेका छन् ।
नेपाल डोरीतान संघ कोशी प्रदेशका अध्यक्ष रिता न्यौपानेको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले विश्वलाई जित्न सक्ने खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण कमजोर बताए । खेलकुदप्रति राज्य उदार बन्न नसक्दा खेलकुदको अवस्था दयनिय अवस्थामा भएपनि हतोत्साहि नबन्न आग्रह गरे ।
सो अवसरमा प्रमुख अतिथि भण्डारी, बिशिष्ट अतिथि नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, नेपाल बक्सिङ संघ केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, उर्मिला खरेल, युनिता दवाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल डोरीतान खेल संघ झापाको अध्यक्षमा युनिता

































































































