Homeसमाचारनिष्पक्ष र मर्यादित पत्रकारितामा जोड

निष्पक्ष र मर्यादित पत्रकारितामा जोड

बिर्तामोड । सामाजिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरुले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको एक छलफलमा सहभागीले पत्रकारले सत्यतथ्य र खोजमूलक सामग्री सम्प्रेषण गर्नुपर्नेमा समेत जोड दिए । पत्रकारितालाई मर्यादित बनाउन सामाजिक तथा व्यवसायिक संस्थाहरुको भूमिका कस्तो हुनुपर्छ, अपेक्षा र सुझाव के छ भन्ने विषयमा आयोजित छलफलमा सहभागीले निष्ठाको पत्रकारितामा जोड दिएका छन् ।
उनीहरुले सस्तो लोकप्रियताका लागि गरिने पत्रकारिता र सस्तो प्रचारका लागि गरिने कामलाई मिडियामा निरुत्साहित गरिनुपर्ने बताए । त्यस्तै सञ्चारमाध्यमले गाउँ, दुरदराज र सकारात्मक विषयका समाचारलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरुको सुझाव छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले पत्रकार योग्य, नैतिकवान, अनुशासित र इमान्दार हुनुपर्नेमा जोड दिए ।
छलफलमा रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष एवम् चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, युनिकम नेपालका राष्ट्रिय अध्यक्ष तथा झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव मेघराज बाँस्तोला, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष नैनकला भट्टराई, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनका अध्यक्ष सुमन शर्मा जमरकट्टेल, लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष पार्वता गिरीले सुझाव राखेका थिए ।
त्यस्तै वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, मेची महाकाली संयुक्त बुहारी आवाजकी अध्यक्ष शिखा खड्का गणेश, नेपाल उद्यमशील महिला संघ झापाकी सचिव यशोदा प्रसाईं, लायन्स क्लव अफ बिर्तामोड सिटीका अध्यक्ष मनोज बानियाँ, छठ पूजा सेवा समाजका मनोज रौनियार, नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश विक, राउण्ड टेबलका शरद जोशीले विभिन्न सुझाव राखेका थिए । उनीहरुले सञ्चार माध्यम खुल्ने क्रम बढ्दैगर्दा त्यसको दीगोपन बारे पनि सोच्नुपर्ने, मिडिया हाउसहरु मर्जर प्रक्रियामा जानुपर्ने सुझाउदै पत्रकारको पेशागत सुरक्षामा समेत चिन्ता व्यक्त गरे ।
छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडाल, सदस्य जीवनकुमार खड्का, वीरता लेडी जेसीजकी महासचिव निशा शाक्य लगायतको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । सहसचिव अर्जुन राजवंशीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
उक्त अवसरमा पत्रकार महासंघको कार्यालयमा अध्ययन खोज र पत्रकारको क्षमता विकासका लागि इ–पुस्तकालय स्थापनाका विषयमा समेत छलफल भएको छ । सहभागी संस्थाका प्रतिनिधिले पत्रकार महासंघको इ–पुस्तकालयका लागि कम्प्युटर खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासंघले २० वटा कम्प्युटरसहित इ–पुस्तकालय स्थापनाका लागि सहयोग गर्न संघ–संस्थालाई प्रस्ताव गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिष्पक्ष र मर्यादित पत्रकारितामा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img