भद्रपुर । खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढी झापाको २० औं बार्षिक परिषद साधारणसभा शनिबार चन्द्रगढीमा सम्पन्न भएको छ । सभाको उद्घाटन भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले गरेकी थिइन् ।
सभामा बार्षिक प्रतिवेदन प्रस्तुतु गर्दै अध्यक्ष पुरुषोत्तम अधिकारीले समितिलाइ झापाकै नमुना खानेपानी आयोजना बनाउने उद्देश्य र लक्ष्यका साथ काम गरेको दावी गर्दै आर्थिक भौतिक लगायतका विषयमा अवगत गराए ।
उनले समितिले आर्थिक बर्ष २०७८/०७९ मा आम्दानी दुईकरोड ५८ लाख ९८ हजार तीनसय ९४ तथा कुल खर्च एककरोड ५९लाख, पाँचहजार तीनसय ३९ रुपैयाँ रहेको र बचत ९९ लाख ९३ हजार ५५ रुपैया रहेको बताए ।
अधिकारीले चालु आ.व. २०७९/८० मा आम्दामी तीनकरोड ३८ लाख, ५२ हजार नौसय ६९ रुपैयाँ र खर्च तीनकरोड ३२ लाख ८५ हजारको बजेट बनाइ बार्षिक रु. पाँचलाख ६७ हजार नौसय ६९ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, बिशिष्ठ अतिथि बसन्त बानिया, असारु राजबंशी, उषा भण्डारी, भद्रपुर वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, वडा नं ७ का अध्यक्ष अभिषेक ढुङ्गाना, नेपाली कांग्रेस भद्रपुर नगर सभापति राम कंडेल, समाजसेवी शिवकुमार राजभण्डारी, सामाजिक अगुवा गोविन्द लम्साल, देवेन्द्र गौतम लगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा नव गठित परिषद सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै अध्यक्ष अधिकारीले सपथ ग्रहण समेत गराएका थिए । अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बाबुराम कार्की र स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम पराजुलीले गरेका थिए ।
चन्द्रगढी खानेपानीको २० औं बार्षिक परिषद साधारणसभा सम्पन्न

































































































