Homeसमाचारप्रविधिको माध्यमबाट व्यवसाय प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

प्रविधिको माध्यमबाट व्यवसाय प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

बिर्तामोड । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीलाई प्रविधिको माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले व्यवसाय प्रवद्र्धनमा प्रविधिको पहुँच विषयक एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।
महिला उद्यमी संघ नेपालकी झापा अध्यक्ष नैनकला भट्टराई अध्यक्षतामा बिर्तामोडस्थित गोमेन्द्र कलेजमा आयोजित कार्यक्रममा उद्यमीको उत्पादनलाई प्रविधिको माध्यमबाट बजारीकरण गर्ने विषयमा छलफल भएको हो ।
अन्तरक्रियाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि डा. रुपक खनालले ब्यापारका तीनवटा पाटा रहेको उल्लेख गर्दै मुख्य तीन पाटामध्ये बजारीकरण सबै भन्दा कटिलो रहेको बताए । पहिलेको जस्तो टिन ठटाएर विज्ञापन गर्ने समय अहिले नरहेको उल्लेख गर्दै हातमा भएका सानो भाँडो (मोवायल)संग खेल्न सक्नेका लागि संसार त्यही भएको धारणा राखे ।
कार्यक्रममा महिला उद्यमी संघ नेपालकी संस्थापक अध्यक्ष गोमा भट्टराईले व्यापारमा प्रविधिको प्रयोग समयको माग भएको बताइन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष राधिका चुडाल हुमागाँई, पत्रकार रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी महासचिव सर्मिला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा चापागाँईले गरेकी थिइन् ।
गोमेन्द्र कलेजको प्राविधिक सहयोग रहेको अन्तरक्रियामा भिप्रा एड्भरटाइजिङ्ग एण्ड मिडिया प्रा.लि.का विमल राजवंशी र साइमन बस्नेतले सहजीकरण गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रविधिको माध्यमबाट व्यवसाय प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img