HomeFeatured 2शिक्षक संघ झापाको पद हस्तान्तरण सम्पन्न

शिक्षक संघ झापाको पद हस्तान्तरण सम्पन्न

बिर्तामोड । नेपाल शिक्षक संघ झापाको पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले तमाम विद्यार्थी वर्गलाई लोकतान्त्रिक आचरण, अनुशासन र सृजनात्मक कार्यमा उत्प्रेरणा जगाउन शिक्षकहरुलाई आग्रह गरे ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई झापा कांग्रेस सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे र सचिव कृष्ण हुमागाईले प्रमाणपत्र वितरण गरेका थिए ।
शिक्षक संघ झापाका नवनिर्वाचित सभापति तोयानाथ दाहालले शैक्षिक गुणस्तर वृद्धि र शिक्षक संघको संगठन विस्तारमा क्रियाशील रही लोकतन्त्रवादीहरुले बलियो बनाउन क्रियाशील रहने प्रतिबद्धता जाहेर गरे ।
निर्वाचन समितिका संयोजक प्रकाश भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निवर्तमान सभापति नेत्र खरेलले जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
निर्वाचन समितिका सदस्य होमराज ढकालले पदाधिकारी परिचय र प्रमाणपत्र वाचन गरेको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका अर्का सदस्य युवराज ढकालले गरेका थिए ।
नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोया दाहाल (भाष्कर), उपाध्यक्ष कुमार खतिवडा, महिला उपाध्यक्षमा लता खरेल, सचिव देवेन्द्रचन्द्रसिंह राजवंशी, अर्थसचिवमा गणेश गिरी, सहसचिवमा युवराज कट्टेल चयन भएका छन् । सर्वसम्मत नेतृत्व चयन भएको नेपाल शिक्षक संघको कार्यसमितिमा मनकुमार योङ्हाङ, तुलसा मैनाली खरेल, हरिप्रसाद राजवंशी , रिता निरौला सर्वसम्मत चयन भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शिक्षक संघ झापाको पद हस्तान्तरण सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img