Homeसमाचारमलखादको मूल्यबृद्धि फिर्ता गर्न अखिल नेपाल किसान महासंघ झापाको माग

मलखादको मूल्यबृद्धि फिर्ता गर्न अखिल नेपाल किसान महासंघ झापाको माग

फागुन । अखिल नेपाल किसान महासंघ झापाले मलखादमा सरकारले गरेको अनुदान रकम कटौतिको विरोध गर्दै निर्णय खारेज गर्न माग गरेको छ ।


अनुदान कटौतिसंगै भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै महासंघले विज्ञप्ति जारी गरेको छ । अन्तराष्ट्रिय रुपमै रासायनिक मलमा मूल्यबृद्धि भएसंगै कृषि मन्त्रालयले अनुदान रकममा कटौति गर्नुपरेको जनाएको थियो । महासंघका जिल्ला अध्यक्ष विमल निरौलाले मंगलबार विज्ञप्ति जारी गर्दै मलखादमा भएको मूल्य वृद्धि तत्काल खारेजीको माग गर्दै अनुगमनलाई प्रभावकारी बनाउन तथा भारतबाट भित्रिँदै गरेका विषादीयुक्त र गुणस्तरहीन कृषि उपजको प्रवेशमा रोक लगाउन माग गरेको हुन् ।
‘एकातर्फ कृषि उत्पादनमा महँगी बढिरहेको छ, अर्कोतर्फ उत्पादित कृषि बस्तु लागत बढी भएका कारण उचित बजार मूल्य पाउन सकेको छैन । कृषकले कृषि पेशशामा रहेर जीवन निर्वाह गर्न सक्ने सम्भावना अत्यन्तै कमजोर तथा जटिल बन्दै गएको छ’, विज्ञप्तिमा भनिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमलखादको मूल्यबृद्धि फिर्ता गर्न अखिल नेपाल किसान महासंघ झापाको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img