झापा । झापाको बिर्तामोडमा सुजुकी ब्राण्डको दुईवटा नयाँ एसयुभी गाडी सार्वजनिक गरिएको छ ।
बिर्तामोडस्थित आरए टे«डर्स अटोले आज एक कार्यक्रमका बीच सुजुकी ब्राण्डका द ग्राण्ड भिटारा र ब्रेजा दुईवटा गाडी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उपाध्यक्ष राजु न्यौपाने, आरए टे«डर्स अटोका अध्यक्ष राजेन्द्र थापा लगायतले गाडी सार्वजनिक गरेका थिए ।
गाडी सार्वजनिक समारोहमा प्रमुख अतिथि अध्यक्ष शिवाकोटीले नेपालमा नयाँ नयाँ प्रविधिका गाडीहरु भित्रिनु सुखद् भएको बताए । सुजुकीको नयाँ मोडलले राम्रो बजार लिने विश्वास व्यक्त गरे । शिवाकोटीले मुलुकमा व्याप्त आर्थिक संकटले व्यवसायीहरु मारमा परेको बताउँदै उनले व्यवसायीलाई राहत मिल्ने खालका योजना सरकारले ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आरए टे«डर्स अटोका अध्यक्ष राजेन्द्र थापाले ३५ वर्षदेखि व्यवसाय गर्दै आएको बताउँदै नयाँ सुजुकीको गाडी स्तरीय हुने विश्वास व्यक्त गरे। उहाँले व्यवसायको माध्यमबाट अर्थोपार्जन र रोजागरी सिर्जना भए पनि राज्यले बेवास्ता गरेको बताए
कार्यक्रममा सुजुकी गाडीका पूर्वाञ्चल रिजनल सेल्स अफिसर विशाल दाहालले गाडीको फिचरका बारेमा जानकारी दिए। उनले हाइब्रिड प्रविधिको गाडी भएकाले माइलेज राम्रो दिने समेत बताए । सुजुकी ब्राण्डले ल्याएको उक्त चारपाङ्ग्रे सवारी साधनको नेपालमै पहिलो पटक देशभर एकैचोटी सार्वजनिक गरिएको सेल्स अफिसर दाहालले जानकारी दिए ।
ग्राण्ड भिटारा सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै “ऋचबातभम ँगतगचष्कm म्भकष्नल ीबलनगबनभ” को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।
सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फूल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।
ग्राण्ड भिटाराको बजार मूल्य ७९ लाख ९९ हजार र ब्रेजाको मूल्य ४८ लाख ९९ हजार रहेको जनाइएको छ ।

































































































